Motivational story in Nepali part 3
एक शहरमा यौटी एकल महिला बस्ने गर्थिन बुढेसकाल सँगै उनको आँखाको ज्योति कम हुँदै जान्छ । एउटा यस्तो स्थिती आउछ जुन बेला उनले पटक्कै देख्न छोड्छिन । एक दिन उनले एक डाक्टरलाई आफ्नो घरमा बोलाएर भन्छिन कि यदी डाक्टरले ऊनको आँखा को ज्योति ठीक पारीदिएमा उनले धेरै पैसा तिर्नेछिन । ती बूढि महिलाको प्रस्तावमा डाक्टर पनि सहमत हुन्छन । डाक्टर दिनदिनै बुढीआमाको घरमा आउँदा आउँदा त्यहाँ रहेका बहुमुल्य गहना र फर्निचरहरू देखेर लोभिन्छन । त्यती मात्र होइन अब त उनले दिन दिनै गहना तथा फर्निचरहरू बिस्तारै बूढि आमाको घरबाट लैजान थाले । जब सम्पूर्ण उपचार पछी ती बूढि आमाको आँखाको ज्योति ठीक हुन्छ तब उनले आफ्नो घरमा हेर्छिन त कुनै पनि गहना र बहुमूल्य फर्निचरहरू छैनन । एक दिन त्यो डाक्टरले आफ्नो फीस माग्छन,फिस अली महङ्गो नै थियो । त्यस माथि आफ्नो सामान पनि उसले चोरेको हुनाले बूढि आमाले डाक्टरको फिस दिन अस्वीकार गर्छिन । उनिहरूको बिबाद अदालत सम्म पुग्छ । त्यहाको न्याधिशले सोध्छन-"तपाईंले उपचार गरे पछी किन फिस नतिर्नु भएको ?" तब ती बूढि आमाले भन्छिन -"मैले सबै कुरा देख्छु तर घरमा रहेका फर्नि...