Motivational story in Nepali
संसारमा काग मात्र यस्तो पंक्षी हो, जो उडिरहेको बाजको पिठिउँमा बस्छ र गर्दनमा ठुँग्न थाल्छ । तर बाजले तुरुन्तै कुनै पनि प्रतिक्रिया दिँदैन । न त कागसँग लड्छ, न त हतोत्साहित हुन्छ, न त आफ्नो समयलाई खेर फाल्छ । आफूलाई टुँगिरहेको कागको वेवास्ता गर्दै बाजले आफ्नो पखेटा फिंजाउछ र आकाशमा उचाइतर्फ उडानको रफ्तार बढाउछ । उचाइको तीव्रता बढेपछि अक्सिजनको कमीले गर्दा कागलाई सास फेर्न गाह्रो हुन्छ र तल खस्छ । यसकारण; जिन्दगीको मोडहरूमा भेटिने कागजस्ता मान्छेहरु साथीहरु र आफन्तहरुलाई बेवास्ता गर्न सिक्नुपर्छ । पिठ्यूँ पछाडि बसेर ठुग्नेहरूको निम्ति समय खेर फाल्नु हुदैन । केवल आफ्नो लक्ष्यको उचाइतर्फ बढ्नुपर्छ । तिनीहरू आफै खस्नेछन्, तिनीहरूले आफैलाई गुमाउने छन् जो तपाईंको बुई चढेर तपाइको काँधमा बसेर कु-नियतका साथ तपाईलाई लडाउन रोक्न कोसिस गर्नेछन् । तिनिहरु आफै परास्त हुनेछ्न । जिन्दगीमा यस्ता कागहरुलाइ बेलैमा चिनौं, बेवास्ता गरौ !!
एक बाउले आफ्ना चार छोराहरूलाई रुख हेर्न पठाउँछन, स्याउको रुख । उनले एकै समयमा पठाउँदैनन, चार फरक फरक ऋतुमा । सुरुमा जेठो छोरा स्याउको बोट हेर्न गएछ । शायद त्यो शिशिर ऋतुको बेला रहेछ क्यारे जाडो र तुसारोले गर्दा स्याऊको बोट नाङ्गो जस्तै भएको थियो । रुखमा भएका सबै हरिया पातहरू पहेलिएर भुँइमा झरेका थिए । जेठोले सोच्यो-“स्याउको बोट त साह्रै उराठ लाग्दो नराम्रो हुँदो रहेछ ।“ जब शिशिर ऋतु सकिएर बसन्तको आगमन हुँदै थियो बाउले आफ्नो माइलो छोरोलाई स्याउको रुख हेर्न पठाए । माइलोले कस्तो फल्दो रहेछ स्याउ भनेर हेर्छ त स्याउमा एउटै दाना लागेको छैन । हरिया पातैपातले ढाकिएको रुखमा भर्खर भर्खर फूल फूलिरहेका छन । माइलो पनि बेखुस हुँदै घरतिर फर्किन्छ । अब पालो साइलो छोराको थियो । साइलो छोरा बर्षा ऋतुको समाप्ती र शरदको आगमनतिर स्याउ हेर्न जान्छ । आहा, अहिले त स्याउको रुखभरि लटरम्म स्याउहरू फलेका छन । राता राता स्याउका दानाको वजन थाम्न नसकेर हाँगाहरू भुइँतिर लच्किएका छन । वरिपरि मीठो सुगन्ध फैलिएको छ, भँवरा पुतली भुन्भुनाइरहेका छन । साइलो छोरा गज्जबै खुशी हुँदै फर्किन्छ । अब पालो कान्छो छोराको थियो । कान्छो स्याउको बोट हेर्न त्यो समयमा जान्छ जुन बेला त्यसका सबै दानाहरू पाकेर रुखबाट झरिसकेका थिए । अब रुखले आफूलाई अर्को पटकका लागि नयाँ जन्म दिन आफ्ना पुराना पातहरू फेर्ने तरखर गर्दै थियो । साहिलो दाइले बखान गरे जस्तै के के न स्याउका राता राता दाना हेर्न गएको कान्छो छोराको नजरमा पनि स्याउ त्यत्ती प्रशंशनीय लागेन । यसरी चारै छोराहरूलाई स्याउको बोट हेर्न लगाए पछि बर्षको अन्ततिर बाउले ती चारै जना छोराहरूलाई एकै ठाउँमा भेला गरेर सोध्छन-" हुन त तिमीहरूले एउटै स्याउको बोट हेरेका हौ तैपनि तिमीहरूको नजरमा स्याउप्रति किन फरक फरक धारणा बन्यो ?" चारै जना छोराहरू अलमलमा परेर मुखामुख गर्न थाले । बाउले सम्झाउदै भन्छन-"किनकी तिमीहरू चारै जना स्याउको रुख हेर्न जाँदा फरक फरक समयमा गएका थियौँ । हो त्यसरी नै जुन मान्छेलाई तिमीहरूले पहिलो पटक भेट्छौ तिमीहरूले भन्छौ कि- "त्यो मान्छे त कस्तो खराब रहेछ,बोल्दा पनि झर्किएर बोल्यो ।" के थाहा तिमीले उसलाई भेटेका बेला उसको शिशिर ऋतुको समय चलेको पनि त हुन सक्छ । त्यस्तै कुनै मान्छेलाई भेट्दा तिमीले भन्छौ "आहा त्यो मान्छे त कति फरासिलो, कति मीठो बोल्ने ?" तर भ्रममा नपर्नुकी अर्को पटक भेट्दा पनि ऊ त्यही मुडमा नभेटिन सक्छ । किनकी उसको मौसम पनि बदलिएको हुन सक्छ । यसर्थ भनिन्छ नि-"कुनै पनि मान्छे खराब हुँदैन मात्र हाम्रो भेट ऊ सँग खराब समयमा हुन्छ ।" एउटा परिघटनालाई मात्र लिएर सधैंभरि कुनै व्यक्तिका उपर स्थिर धारणा बनाउनु कदापी उपयुक्त हुँदैन । भन्न त मान्छेहरू “First Impression Is Last Impression” भन्छन तर कहिलेकाही त फूलैफुलको बगैचामा पनि खडेरी लागेको हुन सक्छ नि ।
कुनै पनि चिज जब टुट्छ तब भगवानले त्यसलाई अझै राम्रो रुप दिने गर्नुहुन्छ, जस्तै बादल टुट्छ तब पानी वर्षाई दिनुहुन्छ, जब माटो टुट्छ तब खेत बनाई दिनुहुन्छ, जब बिउ टुट्छ तब एउटा नयाँ बिरुवा बनाई दिनुहुन्छ । त्यसैले जिन्दगीमा तपाईले आफुलाई टुटेको महशुस गर्नुहुन्छ भने तब बिश्वास गर्नुस, भगवानले तपाईलाई एउटा नयाँ स्वरूप दिन खोज्नु हुदैछ ।
एउटा बच्चा परिपक्क भएर जन्मिन पनि एउटी आमाले नौ महिना कुर्नु पर्छ,एउटा बीऊले बिरुवा बनेर उम्रिनको लागि पनि त्यसले केहीदिन माटोभित्र धैर्य गर्नै पर्छ । जुन फल दिन नपुगी झरेको हुन्छ त्यो फल यात तीतो हुन्छ यात अमिलो । हरेक परिपक्कता र परिपूर्णताको लागि धैर्यता जरुरी हुन्छ । भनिन्छ तीन फरक फरक ठाऊमा तीन तीन फीट खन्दा होइन बरु एक ठाऊमा नौ फीट खन्दा जमिन मुनिबाट पानी निस्कने सम्भावना बढी हुन्छ । जो मान्छे आफ्नो कर्ममा टिक्न सक्दैन ऊ कुनै पनि ठाऊमा बिक्न सक्दैन । यसर्थ पहिले आफ्नो गन्तब्य निर्धारण गर अनि आफ्नो बाटोमा निरन्तर अगाडि बढ्दै जाऊ । जसको गन्तब्य प्रष्ट हुँदैन ऊ सानो तीनो कुराले पनि बिचलित भैहाल्छ र आफ्नो कर्तब्यबाट भट्किन थाल्छ । जे गर्दै छौ यदी आफूमा विश्वास छ भने हिम्मत नहार,धैर्य गरेर आफ्नो काम गर्दै जाऊ एक दिन न एक दिन तिमी आफ्नो गन्तब्यमा अवश्य पुग्ने छौ ।
एउटा भनाइ छ-" धैर्यताको डोरीमा अन्तिम त्यान्द्रो रहुन्जेल झुन्डिइराख, जुन दिन डोरी चुँडिने छ त्यो दिन तिम्रा पखेटा पलाई सकेका हुनेछन ।" धैर्यताको लागि तिमीसँग Hope हुन जरुरी हुन्छ । आशाले मात्र मानिसलाई बाँच्ने हौसला दिन्छ ।
एक पटक एक किसान बाल्टीभरी दुध बोकेर जङ्गलको बाटो शहरमा दुध बेच्न जाँदै थियो । जङलको बीच तिर पुग्दा किसानलाई पिसाब फेर्न मन लाग्छ अनि उसले आफ्नो दुधको बाल्टिलाई बाटोको छेऊमा राखेर पिसाब फेर्न जान्छ । जब किसान झाडिभित्र के गएको थियो बाटोमा उफ्रिरहेका दुई भ्यागुताहरु बाटो छेऊमा राखेको बाल्टिमा खस्छन । जब उनिहरू दुधमा के डुबेका थिए पहिलो भ्यागुताले लौ बर्बादै भो ,अब मरिने भैयो भनेर हरेस खान्छ र तत्कालै मर्छ तर दोस्रो भ्यागुता भने आफ्ना चार हात पाउ चलाएर कतै कुनै बाच्ने उपाए भेटिन्छ कि भनेर चलिरहन्छ । अन्तत भ्यागुता दुधमा चल्दा चल्दा दुधबाट मलाई(Cream) बन्छ र त्यही मलाई मा टेकेर दोस्रो भ्यागुता जमिनमा हाम फालेर आफ्नो ज्यान बचाउछ ।
दुई लाखको बाइकमा कहिल्यै मट्टितेल राखिदैन किनकी हामीलाई डर हुन्छ कि यसले बाइकको इन्जिनलाई खराब गर्न सक्छ । दुई लाखको बाइकको त्यतिधेरै चिन्ता छ मान्छेलाई.... तर आजसम्म चुरोट,रक्सी,गुटखा,खैनी या भनौँ अस्वस्थ खानेकुरा मुखमा हाल्नु भन्दा अगाडि कहिल्यै सोच्यौँ कि यदी मुटु, कलेजो,मृगौला खराब भयो भने ? आफ्नो अमूल्य शरीरको पनि त्यत्ती नै ख्याल गरौँ जत्ती रेखदेख हामी आफ्नो मोबाइल, बाइक अथवा गाडीको गर्छौं । गाडी मोबाइल र बाइक त हामीले अर्को नयाँ पनि किन्न सक्छौ तर निरोगी र स्वस्थ शरीर कहिल्यै किन्न सक्छौँ ?
एक व्यक्तिले सधै भगवानको तपस्या गर्थ्यो तैपनि उसको आर्थिक स्थिति एकदमै नाजुक थियो । हरेक दिन भगवानको पूजा मात्रै गरेर बस्ने भएकाले एक दिन उसकी श्रीमतिले पनि छोडेर अर्कै सित जान्छे । घरमा पकाएर खाने एक गेडा पनि अन्न नभएपछि भोकभोकै एक दिन त्यो ब्यक्तिको मृत्यु हुन्छ । धर्म गरेको हुनाले उसले स्वर्ग जाने अवसर पाउँछ,जब ऊ स्वर्गमा पुग्छ उसले भगवान सँग साह्रै रिसाउदै भन्छ -" प्रभु, मैले जीवनभर हजूरको पूजा आराधना गरेँ तैपनि मलाई किन जीवन भर गरीब भएर बाँच्नु पर्यो ?" भगवानले सोध्नुहुन्छ-" मैले तिमीलाई के गर्न सक्थेँ होला ?" उसले भन्छ -" शहरमा हरेक दिन लाखौँ चिठ्ठा परेर मान्छेहरू रातारात मालामाल हुन्छन, त्यतिधेरै चिठ्ठा मध्ये यौटा चिठ्ठा मेरो भागमा पारिदिएको भए हुन्थेन ?" भगवानले मुस्कुराउँदै प्रतिप्रश्न गर्नुहुन्छ " शायद यौटा चिठ्ठा तिम्रो भागमा पनि पारिदिन्थेँ होला तर तिमिले कहिल्यै यौटा चिठ्ठा पनि किनेनौ ।
"Moral: भगवानले उसलाई मात्र साथ दिन्छन जो उत्साहपूर्वक काममा जुट्छ ।
एक दिन एक राजाले आफ्नो पिञ्जडामा थुनेर पालेको सुगालाई भन्छन - "सुगा, म आज जङ्गलमा शिकार खेल्न जादैछु , पक्कै पनि जङ्गलमा तिम्रा बाआमा सित भेट हुन्छ होला , भन उनिहरूलाई के कुरा सुनाइदिऊँ ?" यो सुने पछी सुगाले गहभरी आँशु पार्दै भन्छ,"मेरा बाबा आमालाई यो भन्दिनुस् नि म पिञ्जडाबाट छिटोभन्दा छिटो बाहिर आउन चाहन्छु ।"
जब राजा जङ्गलमा पुग्छन उनको भेट सुगाका बाआमासँग हुन्छ र राजाले उनिहरूको सन्तानले भनेको सबै कुरा बताउँछन । राजाको यस्तो कुरा सुने पछी दुबै दम्पतीले आफ्नो सन्तानलाई पिञ्जडाबाट मुक्त गरिदिनका लागि राजासँग अनुनय बिनय गर्छन् तर राजाले सुगालाई मुक्त गर्न नसक्ने बरू उसकालागी केही सन्देश वा चिट्ठी पत्र भए चाँही लगिदिने बताउँछन । राजाको यस्तो कुरा सुने पछी सुगाका दुबै दम्पती तत्काल बेहोस् भएर भुइँमा ढल्छन ।लामो समयसम्म पनि उनिहरूको होस नखुले पछी उनिहरू मरेको ठानी राजा आफ्नो बाटो लाग्छन ।
जब राजा जङ्गलबाट दरबारतिर फर्किन्छन तब हतार हतार पिञ्जडाको सुगाले सोध्छ-"महाराज , मेरा बाआमाले मलाई के सन्देश पठाएका छन ?"
राजाले नाक खुम्च्याउँदै भन्छन- "तिम्रा बाआमाले कुनै सन्देश पठाउन पाएनन । जब उनिहरूले तिम्रो बारेमा सबै कुरा सुने तब उनिहरूले म सँग तिमीलाई मुक्त गरिदिन भने । मैले मुक्त गर्न नसक्ने बताएपछी दुबै जना बेहोस् भएर लडे,शायद उनिहरू बेहोस् नभएका भए पक्कै तिमीलाई केही न केही सन्देश पठाउथे होला। उनिहरू बेहोस् भएको देखेर लाग्यो साच्चै उनिहरूले तिमीलाई धेरै माया गर्दा रहेछन ।" राजाका यी कुरा के सुगाले सुनेको थियो ऊ तुरुन्तै बेहोस् भएर ढल्छ । जब सुगा बेहोस् भएर ढल्छ तब सुगा मरेको ठानी पानी छर्किनका लागि राजाले पिञ्जडाको ढोका खोलिदिन्छन । सुगाले पिञ्जडाको ढोका खोलेको के चाल पाएको थियो ऊ तुरुन्तै भुर्र उढेर अग्लो रुखको टुप्पोमा पुग्छ अनी राजा तिर हेर्दै भन्छ- "देख्यौ त राजा, मेरा बाआमाले मलाई कस्तो सन्देश पठाएका रहेछन ??"
Moral: जुन जमिनमा तिमीले घाँस मात्रै उम्रेको देख्छौ तेही ठाउँमा कसैले जीवन बँचाउने जडिबुटी देख्छ । जुन कुरा तिमीलाई अर्थहीन लाग्छ तेही कुरामा कसैले संसार हल्लाउने आइडिया भेट्टाउँछ ।
कोही पनि मान्छे सधैंभरी आफ्नो हुँदैन र कोही पनि मान्छे सधैं भरी पराया हुँदैन । जुन बेला आफ्नो छ प्रेम गर ,जुन बेला पराया छ त्यो बेला पनि प्रेम गर । दुनियाँ समय अनुसार बदलिन्छ तर असल प्रेम सधैं एकनास रहन्छ ।
शत्रुलाई कमजोर बनाउनतिर नलाग, शत्रुका बारे कुभलो सोच्नुको सट्टा आफूलाई मजबुत बनाउनतिर लाग । शत्रुलाई घृणा नगर बरू शत्रुलाई प्रयोग गर । शत्रुलाई बेवास्ता नगर शत्रुलाई सुन, जुन कुरा मित्रजनले सिकाउदैनन ती कुरा शत्रुले सिकाउछन । शत्रुबाट टाढा नभाग किनकि आज जो हितैषी छ ऊ भोलि शत्रु बन्न सक्छ,जो आज शत्रु छ ऊ हितैषी बन्न सक्छ ।
जब तिमी मर्ने छौ मानिसहरूले यो याद गर्ने छैनन कि तिमीले कुन ब्राण्डको घडी लगाउने गर्थ्यौ, कुन उचाइको घरमा बस्ने गर्थ्यौ, कुन कम्पनीको कारमा चढ्ने गर्थ्यौ बरू यो याद गर्ने छन कि तिमी कती मीठास पूर्वक बोल्ने गर्थ्यौ, कती इमान्दार व्यबहार गर्ने गर्थ्यौ र कती सहयोगी भावना राख्ने गर्थ्यौ । यसर्थ असल कर्म गरेर मानिसको मन जित्ने कोशीस गरौ ।
जब जित्नका लागि दौडिन्छौ,तिमीले हार्न
पनि सक्छौ ।तर एक पटक
जिताउनका लागि पनि कुँदेर
हेर,यो दौडमा तिमीले कहिल्यै हार्नु पर्दैन ।
शहरमा हरिलालको एक गरीब परिवार थियो, उनको परिवारमा श्रीमती सहित ११ र १५ बर्षका दुई छोराहरू थिए । एक दिन उनिहरू चिडियाखाना घुम्न जान्छन तर चिडियाखाना पुगेर टीकट काट्ने क्रममा टीकट काउन्टरवालाले दश बर्षभन्दा माथिकालाई प्रती ब्यक्ती रु एक सय लाग्ने र दश बर्ष मुनिकालाई पैसा नलाग्ने कुरा बताउँछ । उसका कुरा सुने पछी हरिलाल केही निराश हुन्छन अनी अर्को महिना फेरी चिडियाखाना आउने भन्दै फर्किन्छन किनकी उनिसँग चार जनालाई पुग्ने चार सय थिएन बरु मात्र तीन सय पचास रुपैया थियो ।
एक महिना पछी फेरी त्यो गरीब परिवार चिडियाखानाको टीकट काउन्टरमा देखापर्छ ,उनिहरूलाई देख्ने बित्तिकै त्यहाँको कर्मचारीले चिन्छ किनकी उसलाई एक महिना अघी मात्र पचास रुपैयाँ नपुगेर उनिहरू घर फर्केको कुरा थाहा थियो । चार सय रुपैयाँमा चार वटा टीकट बेच्दै गर्दा उक्त कर्मचारीले हरिलाललाई सोध्छ - "तपाईंको कान्छो छोरा मात्र एघार बर्षको रहेछ ,यदी ऊ दश बर्षको हो भनेको भए त अघिल्लो महिना नै एउटा टिकट फ्रीमा पाउनु हुन्थ्यो नि ।"
उक्त कर्मचारीको कुरा सुनेपछी हरिलाल गम्भिर हुँदै भन्छन - "एघार बर्षको छोरालाई दश बर्षको भयो भनेर मैले एउटा टीकट त फ्रीमा पाउथे होला तर मेरा सन्तानको नजरबाट भने म सदाको लागि गिर्थे त्यती मात्र होइन एउटा टीकटका खातिर मेरा सन्तानलाई मैले जीवन भरी झुटो बोल्न सिकाइरहेको हुन्थेँ ।"
रोमन कवि होरासका १० मननीय वाणीहरू
१. कुनै पनि कुरा सबै दिशाबाट उत्तिकै सुन्दर देखिदैन, र मान्छे पनि ।
२. चित्र भनेको शब्द बिनाको कविता हो ।
३. आफ्ना गम्भिर योजनाहरूमा अलिकती मुर्खता पनि मिसाऊ,आखिर यिनिहरूले पनि त यात्रालाई सुन्दर बनाउँछन ।
४. ज्ञान कहिलै ज्ञान हुन सक्दैन यदी त्यसलाई किताबबाट मात्र सपटी लिएको हो भने ।
५. त्यो व्यक्ती जसले थालनि गर्छ, यो बुझ कि उसले आधा काम सम्पन्न गरिसक्यो, यसर्थ सुरुवात गर ।
६. रिस भनेको छोटो समयको पागलपन नै हो ।
७. जीवनको सबसे ठुलो सिकाइ यो हो कि कहिले काही मूर्ख पनि सहि हुन सक्छन ।
८. ठुलो रुखलाई नै हावाले धेरै धक्का दिन्छ, अग्लो टावर नै भयङ्कर आवाजमा ढल्ने सम्भावना हुन्छ, अग्ला पहाडलाई नै चट्याङले निशाना बनाउँछ ।
९. स्वतन्त्र त्यही व्यक्ती हुन्छ जसले आँफैले आँफैलाई अधिनमा राख्न सक्दछ ।
१०. बोल्नु अगाडि सचेत बन, मुखबाट जे निस्किन्छ त्यसलाई कहिलै फिर्ता लिन सकिदैन ।
प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन हकिङले व्ल्याक होलको रहस्य खोले ।
- कुनैबेला तुना-चप्पल र जाँगे लगाइ हिड्ने बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री बने ।
- गरिबीले थिचिएका मोजर्ट संसारकै नामी संगीतकार बने ।
- SLC पास रेखा थापा चर्चित नायिका बनिन् ।
- तिन पटक SLC फेल हिरवंश आचार्य नामी कलाकार बने ।
- पुस्तक पसलमा कामगर्ने माइकल फराडे वैज्ञानिक बने ।
- कलेज छोडेर हिडेका लियो टोल्सटोय टप टेन साहित्यकार बने ।
- स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
- झण्डै दुइ सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गरू बने ।
- थर्ड डिभिजनमा SLC पास गरेका महात्मा गान्धी विश्व नेता बने ।
- तिन डलर बोकेर विजनेसमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
- हल्लिदै हिड्ने एडोल्फ हिट्लर जर्मनीको शासक बने ।
- दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्पती बने ।
- कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
- मन्दबुद्धीको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने । भने म कसो नबनुला ?
आफूलाई चित्त नबुझेको कुरा प्रष्ट राख्न सक्नु एउटा बहादुरी हो भने आफूलाई कुनै कुरा गलत हो भन्ने लाग्दा लाग्दै पनि ब्यक्त गर्न नसक्नु मानसिक बिरामी हो । आफूलाई मनमा लागेको कुरा प्रष्ट भन्नुहोस् यसले दुबै पक्षलाई फाईदा हुन्छ । यात तपाईं गलत भन्ने थाहा हुन्छ यात उनिहरू गलत भन्ने थाहा हुन्छ । यदी त्यसको निर्णय तत्काल भैहालेन भने पनि कम्तिमा तपाईंको राय दुनियाँलाई त थाहा हुन्छ ।
एक सम्राटले आफ्ना दुई मन्त्रीहरूलाई फाँसीको सजाँय सुनाउछन । फाँसीको सजाँय पाएपछि पहिलो मन्त्री खुबै दुःखी हुन्छ र सम्राटलाई सराप्दै बस्छ तर दोस्रो मन्त्री खूब उत्साहित हुँदै सम्राटलाई अनौठो खबर पठाउँछ । खबरका अनुसार यदि सम्राटले उक्त मन्त्रीलाई एक वर्षका लागि फाँसीको सजाँय माफ गरेमा उसले सम्राटको घोडालाई उड्न सिकाउने छ । जब सम्राटले यो कुरा सुने, उनलाई उड्ने घोडामा सयर गर्ने इच्छा जाग्छ र दोस्रो मन्त्रीको फाँसीको मिति एक वर्ष पछि सारिन्छ तर पहिलो मन्त्रीको फाँसीको डेट यथावत राखिन्छ । आफूसँगै फाँसीको सजाँय पाएको व्यक्तिले एक बर्ष थप बाँच्ने अवसर पाएको देखेपछि पहिलो मन्त्रीले दोस्रो मन्त्रीलाई भन्छ-" यार तिमीले यो के मूर्खता गर्दैछौ, घोडा पनि कहि उड्न सक्छ ? मलाई लाग्छ तिमीले यो जे गर्दैछौ त्यसमा यौटा मात्र संभावना छ त्यो हो कि तिमी आफ्नो मृत्युलाई एक वर्ष टाढा मात्र सारिरहेका छौ, मर्नु त आखिर छँदैछ यो वर्ष मर्नु र अर्को वर्ष मर्नुले के फरक पार्छ र ?" दोस्रो मन्त्रीले जवाफ दिन्छ " होइन साथी,मैले यौटा मात्रै संभावना देखेको छैन, मेरो फाँसीको डेट एक वर्ष पर सार्नुको पछाडि मैले चार चार ओटा संभावना देखेको छु ,पहिलो: के थाहा एक वर्षभित्र सम्राटको निधन हुन सक्छ,त्यसो भएमा पनि मेरो सजाँय माफ हुन्छ । दोस्रोः के थाहा एक वर्षभित्र मैले ट्रेनिङ दिइरहेको घोडा नै मर्न सक्छ ,तेस्रोः के थाहा एक बर्षभित्र म आफै कालगतिले मर्न सक्छु र चौथोः के थाहा एक वर्षभित्र मैले घोडालाई उड्न सिकाउन पनि त सक्छु । " Moral: हरेक प्रतिकुलता भित्र अवसरको खानी लुकेको हुन्छ,अवसर चिन्नका लागि आशावादी नजर चाहिन्छ ।
प्रयास गर्ने हो भने! म कसो नबनूँला र ?
तीस वर्षमा मात्र क.ख. पढेका काले राई डा. स्वामि प्रपन्नाचार्य बने ।
तीन पटक एस.एल.सी. फेल हरिवंश आचार्य प्रख्यात कलाकार बने।
खुट्टाले लेखेर झमक कुमारी घिमिरेले मदन पुरस्कार जितिन् ।
कलेजका औसत विद्यार्थी मार्क जुकरवर्ग फेसबुकका मालिक बने।
ताप्लेजुङको दुर्गम खोंचमा जन्मेका सन्दुक रुइत विश्वका नामी डाक्टर बने ।
सात पटक एस.एल.सी. फेल रबिन्द्र नाथ टेगोर विश्व कवि बने ।
थर्ड डिभिजनमा एस.एल.सी. पास महात्मा गान्धि विश्व नेता बने ।
मन्दबुद्धिका अल्वर्ट आइन्सटाइन संसारकै नामी वैज्ञानीक बने ।
कलेज बीचैमा पढन छाढेका विल गेट्स संसारकै धनी व्यक्ति बने ।
कवाडीको काम गर्दागर्दै स्टिभ जब्स एप्पल कम्पनिका मालिक बने ।
वेटरको काम गर्दागर्दै लियोनल मेसि धनी फुटबल प्लेयर बने ।
डकैडि गर्दै हिड्ने रत्नाकार बाल्मीकी ऋषि बने ।
साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानीक बने ।
पेट्रोल पम्पमा काम गर्ने धिरुभाई अम्बानी भारतकै धनी व्यक्ति बने ।
नेत्रहिन हुदाहुदै होमरले इलिअड र ओडेसि जस्ता महाकाव्य लेखे ।
स्कूलको मुख नदेखेका जोन डि. रकेफेलर विश्वकै धनी व्यक्ति बने ।
दाउरेको छोरो अब्राहाम लिङकन अमेरिकाको राष्ट्रपति बने ।
माटोमा बीऊ रोपेर छोडिदिनुस् । माटोले आफ्नो शक्ती प्रयोग गरेर बीऊ उमारिदिन्छ, उम्रिएको बिरुवामा पात पलाउछन, कोपिला लाग्छन । बिरुवामा लागेका कोपिला फक्रिन्छन, फूल्छन, फल्न थाल्छन् । हाम्रो दिमाग पनि उर्बर माटो जस्तै हो दिमागमा कुनै नयाँ बिचार, कुनै नयाँ आइडिया रोपिदिनुस् । दिमाग त्यही बिचार र आइडियालाई फलाउन फूलाउन तिर लाग्छ । जसरी माटो जतिसुकै मलिलो र उर्बर किन नहोस् यदी त्यसमा बीऊ छरेन भने बिरुवा उम्रिन सक्दैन त्यस्तै तपाईंको दिमाग जतिसुकै शक्तिशाली र क्षमतावान किन नहोस् यदी त्यसमा कुनै सपना, लक्ष र बिचार रोपिएन भने त्यसले कुनै प्रतिफल दिन सक्दैन । जसरी खाली जमिनमा झार उम्रिन्छ त्यसरी नै असल बिचार र लक्ष बिहिन मस्तिष्कमा पनि अनेक खराब कुराहरु जन्मिन थाल्छन् । मान्छेहरू भन्छन नि खाली दिमाग शैतान को कार्यशाला हो भनेर । अवश्य पनि यदी दिमागलाई कुनै असल काम दिइएन भने यसले खराब काम गर्न थाल्छ ।
जब तिमी रुनेछौ तिमीलाई एक्लै रुनु पर्नेछ जब तिमी हाँस्नेछौ, तिमीसँग संसार हाँस्नेछ । हार्नै परे पनि आफ्नो मुहारमा निराशाको कसिङ्गर थुप्रिन नदेऊ, याद गर मानिसहरूले थुक्ने कसिङ्गर थुप्रिएकै ठाउँमा हो । किन निराश हुन्छौ? किन रुन्छौ ? किन चिन्ता मान्छौ ? आखिर के लिएर आएका थियौ र के गुम्यो भन्ने चिन्ता ? आखिर रित्तै आएको होइन ?? जब रित्तै आएका थियौ भने के गुम्यो भनेर दु:ख मनाउ गर्छौ ? जे दियो यही जिन्दगीले दियो, जे छिनेर लाग्यो यही जिन्दगीले छिनेर लैजानेछ । आखिर के को विषाद ? जसले दियो उसले खोस्यो, जसले खोसेको छ उसले एक दिन दिनेछ पनि । यहाँ रित्तै जन्मिनु छ त्यो पनि रुदै । तिमी रुदै जन्मियौ, अब रोएर नमर, हाँस्दै बाँच, हाँस्दै हाँस्दै मर । किनकी रित्तै जन्मिएको तिमी, बेनाम तिमी बहुत कुरा कमाएर मर्दै छौ । तैपनि रुने ? रुन तिमीलाई कसैले सिकाउनु परेन तिमी रुदै जन्मियौ तर हाँस्न सिक्नु पर्छ तिमीले । हाँस, यहाँ गुनासो गर्ने कुरा भन्दा अधिक कृतज्ञ हुनुपर्ने हजार कारणहरू छन ।
संकल्पको शक्ति
एक दिन मोहनदास करमचन्द गान्धी ट्रेनमा गोरहरूको बसेको डिब्बामा बस्न पुग्दछन् । त्यसताका गोराहरू अन्य जातिलाई मान्छे नै ठान्दैनथे, यसर्थ उनलाई त्यहा धेरै अपमान गरी खेदे । यस अपमानबाट प्रताडित उनले आफ्नो देशबाट गोराहरूलाई खेद्ने भष्म प्रतिज्ञा ठोके । र, १९४५ मा उनको प्रतिज्ञा साकार भएरै छाड्यो ।
विथोविनले आफ्नो प्रशिक्षकसँग भावाइलिन सिकिरहेका थिए । तर उनको प्रगती अन्यको तुलनामा गतिलो थिएन । यसैमा एकदिन उनको प्रशिक्षकले मुखै फोडी भनिदिए - तिमी संगीतकारको रूपमा सफल हुने आशा छैन । यसबाट उनले इख लिए र प्रतिज्ञा ठोके - एकदिन सफल भएरै देखाइदिन्छु ।
गणेशमान सिंह काजी खलकको भएकाले राणाकालमा पनि घोडा चढ्दै थिए । त्यसैमा एकजना राणले रैतीले कहाँ घोडा चढ्न पाउछ भनी अपमान गरेछ । यसले उनको मथिंगल ततायो र तानाशाह राणाहरूलाई राज्यच्युत गर्ने संकल्प लिए ।
गौतम बुद्ध पटक पटक प्रयाश गर्दा पनि ध्यानमा लिन हुन सकिरहेका थिएनन् । यस्तैमा उनले प्रतिज्ञा ठोके, जबसम्म ध्यान प्रप्त हुदैन तबसम्म पलेटी खोल्दिन ।
जर्ज बर्नाड शा लेखक बन्न चाहन्थे । यद्यपी उनको लेखनस्तर बढिरहेको थिएन । यस्तैमा उनले संकल्प गरे कि प्रत्येक दिन पाचँ पन्ना लेखेर आफ्नो क्षमता सुधार्छु । र, अन्तत उनी सफल बने ।
कतीपय आविष्कार गर्ने क्रममा थोमस एडिसनले प्रतिज्ञा ठोकेका थिए की जबसम्म सही मार्ग पत्ता लागउदिन तबसम्म खानै खादिन ।
सबै महापुरूषहरू जन्मजातै महान् बनेका होइनन् । उनीहरू पनि सामान्य थिए । तर उनीहरूलाई यसरी महापुरूष बनाउन मद्दत गर्यो - भिष्म प्रतिज्ञाले र संकल्पले ।
एउटा सानो केटोले बाटोको छेउमा उभिएर कुनै मान्छेको कारलाई एकटकले हेरिरहेको थियो । त्यो केटोको मनोभावनालाई बुझेर त्यो कारवालाले उसलाई भन्छ-" भाई तिमी मेरो कारमा चढ्न चाहन्छौ हो ?" केटोले टाउको हल्लाएर आफ्नो स्विकृति जनाउँछ ।
त्यो केटोलाई केही लामो दुरीसम्म आफ्नो कारमा यात्रा गराएपछी
त्यो कारवालाले भन्छ- "ए भाई तिमीलाई थाहा छ- यो कार मलाई मेरो बाबाले आफ्नो मिहिनेतको कमाइबाट गिफ्ट दिनु भएको हो, शायद तिमी पनि
मजस्तै भाग्यमानी छोरा हुन चाहन्छौ होला है ?"
केटोले जवाफ दिन्छ-" हैन दाई, म तपाईं जस्तो भाग्यमानी छोरा होइन तपाईंको बुवा जस्तै मिहिनेती बाउ हुन चाहन्छु ।"
Comments
Post a Comment