Motivational story in Nepali part 2
एक राजाले आफ्नो दरबारमा एउटा सभा आयोजना गरेका थिए । त्यो सभाको उद्धेश्य राजालाई बिदेश बाट कोशेलीका रुपमा प्राप्त भएका दुई पथ्थरहरू मध्ये कुन चाँही नक्कली हीरा हो र कुन चाँही सक्कली हो भन्ने छुट्ट्याउनु थियो । यसरी सक्कली र नक्कली भनेर छुट्ट्याउनु पर्ने दुई पथ्थरलाई दरबार बाहिरको आगनमा टेबल माथि राखिएको थियो । दरबार अगाडिको प्रचन्ड गर्मीमा हीराको बारेमा धेरै जानेका बुझेका मानिसहरू भेला भएका थिए । उपस्थित सबै जसो ब्यक्ती जसले आफूलाई हिराको धुरन्धर बिशेषज्ञ ठान्थे ती कसैले पनि ती दुई पथ्थर मध्ये कुन सक्कली हो र कुन नक्कली हीरा हो भनेर छुट्ट्याउनै सकेनन किनकी ती दुई ठ्याक्कै उस्तै दुरुस्तै थिए तौलका हिसाबले, बनावटका हिसाबले ,चम्किलो पनको हिसाबले । यसरी कसैले पनि कुन हिरा के हो भनेर ठोकुवा गरेर भन्न नसके पछी अन्त्यमा एक दृष्टि बिहिन ब्यक्ती राजाको नजिक आउँछ र भन्छ-" महाराज यदी अवसर दिनुहुन्छ भने मैले कोशीस गर्छु ।" कस्ता कस्ता हिरा बिशेषज्ञले समेत सुल्झ्याउन नसकेको समस्या त्यो ब्यक्ती त्यस माथि पनि आँखा समेत देख्न नसक्नेले छुट्ट्याउछ भनेर विश्वाश गर्नु सरासर मूर्खता थियो तैपनी राजाले -"हुन्छ नि त प्रयास गर" भनेर त्यो ब्यक्तिलाई सक्कली हिरा र नक्कली हिरा छुट्ट्याउने जिम्मा दिन्छन तब त्यो ब्यक्तिले एक छिन् ती दुबै पथ्थरलाई हातमा लिएर ओल्टाइपल्टाइ गर्छ अनि पूरै बिश्वासका साथ कुन सक्कली र कुन नक्कली भनेर ठोकुवाका साथ भनिदिन्छ । साच्चै उसले भनेको सहि हो कि होइन भनेर कोशेली पठाउनेवालालाई सोधिन्छ त उसले भनेको शत प्रतिशत सहि छ । यस्तो देखे पछी आश्चर्य प्रकट गर्दै राजाले सोध्छन कि -"कस्ता कस्ता हिरा बिशेषज्ञले छुट्याउन नसकेको सक्कली र नक्कली हीरा तिमीले चाँही यती सजिलै कसरी छुट्टाउन सक्यौ ?" तब त्यो आँखा देख्न समेत् नसक्ने ब्यक्तिले जवाफ दिन्छ "महाराज, जुन नक्कली हीरा थियो त्यो बाहिरको घामले गर्दा रनक्क तातेको थियो भने जुन सक्कली हिरा थियो त्यो प्रचन्ड घामकै बीचमा पनि शितल र चिसो थियो , सक्कली हीरामा बाहिरको घामको कुनै प्रभाब परेको थिएन । ।" Ki
दर्शक ब्रिन्द , यो कथामा भनिए जस्तै जो ब्यक्ती सफल हुन लायक हुन्छ ऊ बाहिरी परिस्थितीले गर्दा कहिल्यै हतोत्साहित हुँदैन भने जो ब्यक्ती कायर मानसिकताको हुन्छ त्यो बाहिरी परिस्थिती र प्रतिकूलताले पनि अधैर्य र निराश हुने गर्छ । अनुकूल परिस्थितीमा त जसले पनि काम गर्न सक्छ जसले प्रतिकूलतालाई पनि झेल्ने आँट गर्छ ऊ नै सम्मान पाउन लायक हुन्छ । सफल ब्यक्तिको एक मात्र गुण हो प्रतिकूल परिस्थितीमा पनि आफ्नो संयम गुम्न नदिनु र धैर्य भएर बस्नु । त्यसैले लेखनाथ पौडेल भन्छन-
धर्महो धीरको धैर्य राख्नु दु:ख जालमा
मानू मौन ब्रती हुन्छ कोयली शितकालमा ।
एउटा कुखुराको भाले थियो ,उसले सधैं आफूभन्दा साना चल्ला र पोथिहरूलाई हेप्ने गर्थ्यो । त्यति मात्र होइन उसले अरूले खोजेको चारो पनि लखेटी लखेटी खोसेर खाइदिने गर्थ्यो । उसले आफूभन्दा साना कुखुराहरूलाई हेप्नुको एउटै कारण थियो त्यो हो कि उसले सोच्ने गर्थ्यो हरेक दिन उज्यालो हुनुको कारण ऊ "कुखुरी कां" गरेर बास्ने गरेकाले हो । जब कुनै सानो कुखुराले उसले भनेको मान्दैनथ्यो तब ऊ धम्क्याउदै भन्ने गर्थ्यो "हेर, यदी तिमीहरूले मैले भनेको मानेनौ भने म बास्नै छोडिदिन्छु अनी त उज्यालै हुँदैन , उज्यालो भएन भने तिमीहरू कसरी चारो खोजेर खान्छौ ??" बिचरा कुखुराहरू उसका कुरा तुरुन्तै विश्वास गर्थे अनी उसले जे भन्छ त्यै मान्थे । यसरी नै दिनहरू बितिरहेका थिए तर उता भालेको ज्यादती भने खपिनसक्नुको थियो । उसको व्यबहारले आजित भएर केही कुखुराले उसले भनेको नमान्ने निर्णय गर्छन् तर उनिहरूको बिद्रोही व्यबहार देखेर बाँकी कुखुराहरूले उनिहरूलाई हर तरहले सम्झाउने कोशीस गर्छन् र भन्छन- "हेर, हामीले ठुलो भालेको कुरा मान्नु पर्छ नत्र ऊ बास्दैन अनी उज्यालो हुँदैन ।"
उता ठुलो भाले भने आज देखी आफू नबास्ने घोषणा गरेर बसेको थियो । रात भर साना कुखुराहरूले उसलाई बासिदिनका लागि अनुनयबिनय गर्छन् तर पनि ठुलो भालेलाई "इनिहरूलाई देखाइदिन्छु" भन्ने लाग्छ र आफू कुनै पनि हालतमा नबास्ने बताउँछ । रात छिप्पिदै गएपछी "जे होला होला" भन्दै बाँकी कुखुराहरू पनि निदाउँछन । तर आश्चर्य बिहान आँखा खुल्दा त भाले नबासे पनि उज्यालो त भएकै छ । बल्ल त्यो दिन देखी कुखुराहरूले थाहा पाउँछन की ठुलो भाले नबासे पनि उज्यालो त हुदो रहेछ........
अब ठुलो भालेले जे भन्छ त्यो मानिरहन पर्यो त ??
त्यो दिन देखी ठुलो भालेलाई कसैले टेरपुच्छर लाएनन ।
Moral: जब अगाडिको ढोका बन्द हुन्छ तब पछाडिको ढोका खुल्छ ,पछाडिको ढोका खुलेन भने भित्तो च्यातेर भए पनि ढोका त खुल्छ खुल्छ,.. चेतना भया ।
शहरमा हरिलालको एक गरीब परिवार थियो, उनको परिवारमा श्रीमती सहित ११ र १५ बर्षका दुई छोराहरू थिए । एक दिन उनिहरू चिडियाखाना घुम्न जान्छन तर चिडियाखाना पुगेर टीकट काट्ने क्रममा टीकट काउन्टरवालाले दश बर्षभन्दा माथिकालाई प्रती ब्यक्ती रु एक सय लाग्ने र दश बर्ष मुनिकालाई पैसा नलाग्ने कुरा बताउँछ । उसका कुरा सुने पछी हरिलाल केही निराश हुन्छन अनी अर्को महिना फेरी चिडियाखाना आउने भन्दै फर्किन्छन किनकी उनिसँग चार जनालाई पुग्ने चार सय थिएन बरु मात्र तीन सय पचास रुपैया थियो ।
एक महिना पछी फेरी त्यो गरीब परिवार चिडियाखानाको टीकट काउन्टरमा देखापर्छ ,उनिहरूलाई देख्ने बित्तिकै त्यहाँको कर्मचारीले चिन्छ किनकी उसलाई एक महिना अघी मात्र पचास रुपैयाँ नपुगेर उनिहरू घर फर्केको कुरा थाहा थियो । चार सय रुपैयाँमा चार वटा टीकट बेच्दै गर्दा उक्त कर्मचारीले हरिलाललाई सोध्छ - "तपाईंको कान्छो छोरा मात्र एघार बर्षको रहेछ ,यदी ऊ दश बर्षको हो भनेको भए त अघिल्लो महिना नै एउटा टिकट फ्रीमा पाउनु हुन्थ्यो नि ।"
उक्त कर्मचारीको कुरा सुनेपछी हरिलाल गम्भिर हुँदै भन्छन - "एघार बर्षको छोरालाई दश बर्षको भयो भनेर मैले एउटा टीकट त फ्रीमा पाउथे होला तर मेरा सन्तानको नजरबाट भने म सदाको लागि गिर्थे त्यती मात्र होइन एउटा टीकटका खातिर मेरा सन्तानलाई मैले जीवन भरी झुटो बोल्न सिकाइरहेको हुन्थेँ ।"
1- यदी तपाईंको भान्सामा खाना पाकेको छ ,जीउमा लुगा छ,टाउको लुकाउने छानो छ र सुत्नका लागि आफ्नै ओछ्यान छ भने सम्झिनुस् तपाईं संसार का ७५ प्रतिशत ब्यक्ति भन्दा धनी हुनुहुन्छ ।
2- यदी तपाईंको खल्तीमा दाम छ र इच्छाएको ठाउमा जान सक्नुहुन्छ भने तपाईं संसार का १८ प्रतिशत सम्पन्न ब्यक्ति मध्ये पर्नुहुन्छ ।
3-यदी आज तपाईं जीउदो हुनुहुन्छ र स्वस्थ पनि हुनुहुन्छ भने तपाईं ती लाखौं ब्यक्ति भन्दा धेरै भाग्यमानी हो जो अब एक हप्ता भन्दा बढी बाँच्न सक्ने छैनन र यो धर्ती छोडेर बिदाइ हुँदैछन
4-यदी तपाईं यो स्टाटस पढ्न र बुझ्न सक्नुहुन्छ भने तपाईं ती ३ अरब मानिसहरू भन्दा भाग्यशाली हो जो यात आँखा देख्न नसक्ने,यात सुन्न नसक्ने यात अशिक्षित भएर जीवन काट्न बिबश छन ।
जीन्दगीमा सिकायत गर्नको लागि तपाईंसँग सयौ कुराहरु होलान तर एक पटक बिचार गर्नुस् त, तपाईं कृतज्ञ र खुशी बन्नका लागि हजारौ कुराहरु छन ।
# चुरोट को लत छुटाउने 11 उपायहरू
1, जुन बेला तपाईंलाई चुरोट पिउन मन लाग्छ त्यो समयमा कुनै रमाइलो काम गर्नुस्
2,जुन ठाउँ मा जादा तपाईंलाई चुरोट तान्न मन लाग्छ त्यो ठाउँ मा नजानुस्
4, जुन साथीहरूले चुरोट पिउन उक्साउछन तिनिहरूको संगत नगर्ने
5, चुरोट को सट्टा ल्वाङ सुपारी खाने ।
6, कुनै निश्चित मितिदेखी छोड्ने , नयाँ बर्ष ,जन्मा दिन
7, आफुले चुरोट पिउन छोडेको कुरा सार्वजनिक रुपमै सबैलाई भन्ने
8, धर्मिक आस्था हुनेले भकल गरेर छोड्ने
9, एक दिनमा यतिधेरै चुरोट पिउने कि भोलिबाट त्यसको नाम लिदा पनि रिस उठोस ।
10,निकोटिन प्याच को प्रयोग गर्ने
11, डाक्टर को सल्लाह लिने ।
# असल शिक्षक कसरी बन्ने?
1) हरेक दिन कक्षामा पढाउने कुरा तयारी गर्ने ।
2) हँसिलो अनुहार बनाएर सिकाउने ।
3) बालबालिकालाई उत्साहित गराउने ।
4) सरलबाट जटिल कुराहरु सिकाउने ।
5) आदेशात्मक र हाकिम पाराले व्यबहार नगर्ने ।
6) बालबालिकाको Body Language बुझ्ने कोशीस गर्ने ।
7) बालबालिकालाई अपशब्द प्रयोग गरेर गाली नगर्ने ।
8.) कक्षामा तीनै प्रकारको Learning स्टाईलहरूको प्रयोग गर्ने
9) बालबालिकाको सिकाइतह र पृष्ठभूमीबारे बुझ्ने ।
अरु केही टिप्स भएमा कमेन्ट गर्नुहोला !!
अवसर: एक पटक एडिसनलाई जीवनमा सफल हुन के गर्नुपर्छ भनेर सोधियो,एडिसनले जवाफ दिए-"जीवनमा सफल हुनका लागि अवसर आउँदा जम्प मार्नुपर्छ ।"उनलाई फेरि सोधियो अवसर आएको चै कसरी था पाउने ? एडिसनको जवाफ थियो-" अवसर कति खेर आउँछ कसैलाई था हुदैन, त्यसैले त जम्प मारिरहनु पर्छ ।" तिम्रा नजिक कहिल्यै रेडिमेड अवसर आउँदैन,अवसर आउनका लागि तिमी चै रेडिमेड हुनैपर्छ । भनिन्छ अवसरले दुई चोटी ढोका ढक्ढकाउँदैन,म भन्छु अवसरले चौबीसै घण्डा ढोका ढक्ढकाइरहेको हुन्छ फरक यत्ति हो कि तिमी सिरक ओढेर सुतिरहेका छौ ।
# भाषण गर्दा ध्यान दिनुपर्ने १० कुराहरु ।
१, बोल्नुपर्ने बिषय तयारी गर्ने ।
२,आत्म बिस्वास बढाउने ।
३, मौलिक शैलिमा बोल्ने ।
४, बोल्न सुरु गर्नु अघी एक पटक चारैतिर हेर्ने ।
५, एउटै शब्द पटक पटक न दोहोर्याउने ।
६, एउटै हाउभाउ पटक पटक नदोहोर्याउने ।
७, बोलिरहेको बेलामा पनि सबैतिर हेर्दै बोल्ने ।
८, माईक्रोफोन लाई धेरै नजिक वा धेरै टाढा नराख्ने ।
९, आफ्नो भाषण दर्शक लाई कस्तो लागिरहेको छ बिचार गर्ने ।
१०,जब दर्शकले हुटिङ दिरहेका वा ताली बजाइरहेका हुन्छन त्यो बेला नबोल्ने वा त्यो कुरा फेरी दोहोर्याएर बोल्ने ।
एक पटक एक किसान बाल्टीभरी दुध बोकेर जङ्गलको बाटो शहर मा दुध बेच्न जाँदै थियो । जङलको बीच तिर पुग्दा किसानलाई पिसाब फेर्न मन लाग्छ अनि उसले आफ्नो दुधको बाल्टिलाई बाटोको छेऊमा राखेर पिसाब फेर्न जान्छ । जब किसान झाडिभित्र के गएको थियो बाटोमा उफ्रिरहेका दुई भ्यागुताहरु बाटो छेऊमा राखेको बाल्टिमा खस्छन । जब उनिहरू दुधमा के डुबेका थिए पहिलो भ्यागुताले लौ बर्बादै भो ,अब मरिने भैयो भनेर हरेस खान्छ र तत्कालै मर्छ तर दोस्रो भ्यागुता भने आफ्ना चार हात पाउ चलाएर कतै कुनै बाच्ने उपाए भेटिन्छ कि भनेर चलिरहन्छ । अन्तत दुधबाट मलाई बन्छ र त्यही मलाई मा टेकेर दोस्रो भ्यागुता जमिनमा हाम फालेर आफ्नो ज्यान बचाउछ ।
तिमी निरन्तर मेहेनत गरिराख हरेश कहिले नखाउ सफलता तिमिसंग आफैं आउने छ।
हामी फिल्महलमा त्यत्रो तीन तीन घण्टा किन बस्न सक्छौँ ? फिल्म यस्तै होला भन्ने हाम्रो अन्दाज र वास्तविक फिल्म बीचको भिन्नताले हामीलाई मनोरञ्जन दिन्छ । मान्छेहरू भन्छन "जीन्दगी सोचेजस्तो भएन ।" मैले भन्छु "ए बाबा, जीन्दगी जे सोच्यो त्यहि हुने भए त लास्ट बोरिङ भैहाल्यो नि,भोलि के हुन्छ भन्ने आजै थाहा भो भने मजा आउँछ त ? पक्कै आउदैन, भोलि के हुन्छ भन्ने थाहा नहुनेभएकाले नै मान्छे भोलि पर्खिएर बस्छ, नत्र त ऊ जीवनको सिनेमाहलबाट निस्किहाल्छ नि । "
एक पटकको कुरा हो, राजा अकवर आफ्नो बगैचामा काम गरिरहेका थिए त्यतिकैमा उनको हातको एक अौलामा ढुङ्गाले गहिरो गरी काट्छ । जब आफ्नो घाउबाट रगत बग्न थाल्छ , अकबरले सहयोगको लागि आफ्ना मन्त्री बिरबललाई बोलाउछन । बिरबलले उनको घाउमा पट्टी बाँधिदिदै भन्छन , "न आत्तिनुहोस् महाराज जीवनमा जे हुन्छ राम्रो कै लागि हुन्छ । तपाईंलाई पनि यहाँलाई जे भयो राम्रैको लागि भयो ।" बिरबलको यस्तो निर्दयी बचन् सुने पछी अकवरलाई खुब रिस उठ्छ । हुन पनि हो आफ्नो अौलामा घाऊ काटेको छ , तर उसले भन्दै छ जे भयो राम्रैको लागि भयो । "घाऊ काट्दा पनि के राम्रो हुनु ?"भन्दै अकवरले बिरबललाई केही दिनको लागि जेल चलान गर्छन् । यो घटना घटेको भोली पल्ट अकवरलाई जङ्गलमा शिकार खेल्न जन मन लाग्छ । जब अकवर शिकार खेल्दै थिए , अचानक उनको आफ्ना सैनिकहरुसँग बिछोड हुन्छ र उनी घना जङ्गलमै हराउछन । जङ्गलमा बाटो खोज्दा खोज्दै उक्त जङ्गलका केही आदिबासिले उनलाई समातेर आफ्नो कुलको लागि मानब बलिको रुपमा उनको शिर काटेर चढाउन थाल्छन् । जब राजा अकवर यस्तो हालतमा पुग्छन उनले आफ्नो मन्त्री बिरबललाई सम्झिन्छन तर के गर्नु त्यहा उनको मद्घत गर्ने कोही थिएनन , अब छिट्टै उनी बलिको बोको हुँदै थिए । जब उनलाई जङ्गली आदिबासिहरुले बली चढाउन मात्र के लागेका थिए , उनिहरुले अकबरको हातमा दुई दिन अगाडि ढुङ्गाले काटेको चोट देख्छन । उनिहरुको कुलको नियम अनुसार कुनै चोट शरीरमा भएको ब्यक्तिलाई बली चढाउन मिल्दैनथ्यो । यसकारणले उनिहरुले अकबरलाई मार्दैनन बरु केही नगरि यत्तिकै छोडिदिन्छन ।
आदिबासिको पन्जाबाट बाँच्न सफल भएका अकबर भाग्दै भाग्दै जब आफ्नो दरबारमा आउछन उनले तुरुन्तै बिरबललाई थुना मुक्त गर्न लगाउछन किनकी बिरबलले भने बमोजिम नै उनको हातमा लागेको चोटकै कारण उनको ज्यान बचेँको थियो ।
बिरबलसँग जङलमा घटेको घटना सबै बेलिबिस्तार लागाए पछी राजा अकबरले बिरबललाई भन्छन -"मेरो हात काटेर र त मलाई जे भयो राम्रै भयो, तिम्रो कूरा मैले मानेँ तर तिमीलाई मैले जेलमा थुनेर तिमीलाई चाँही के राम्रो भयो ?" तब बिरबलले भन्छन- "तपाईंले मलाई जेलमा थुनेर पनि जे भयो राम्रै भयो किनकी यदी मलाई तपाईंले जेलमा थुन्ने आदेश दिनु हुँदैनथ्यो भने म पनि हजुरसँग जङ्गलमा शिकार खेल्न जाने थिएँ र जब हामीलाई आदिबसिहरुले पक्रिन्थे तपाईंलाई त हातको चोट देखेर छोडिदिन्थे तर मलाई त उनिहरुले छोड्दैनथे नि कि कसो ? बिरबलको कुरा सुनेर अकबर खित्का छोडेर हाँस्छन ।
Moral:आखिर प्वालै नभए त त्यो कसरी दुनोट भयो र होइन ? तैपनी के गर्नु नकारात्मक सोच हुनेहरूले दुनोटमा पनि प्वाल मात्र देख्छन । सुर्य पनि केवल छायाँ पार्नको लागि उदाउँछ भन्ने ठान्छन । उनिहरू दुई दिनको बीचमा एक रात होइन दुई रातको बीचमा एक दिन देख्छन । जुन कुराको बारेमा चिन्ता गरेर काम छैन त्यो कुरामा कदापी आफ्नो श्रम र शक्ति खर्च नगर्नुहोस् । बितिसकेको कुरामा चिन्ता गरेर बस्नुको सट्टा आउने कुराको बारेमा चिन्तन गर्नुस् त्यसले तपाईंलाई बढी सफलता दिन्छ । चिन्तनले तपाईंलाई समाधान तिर डोर्याउछ भने चिन्ताले तपाईंलाई झन झन समस्याको खाडल तिर धकेलिदिन्छ । त्यसैले चिन्ता होइन चिन्तन गर्नुस । सधैं एउटै कुरा सोच्ने गर्नुस,जो हो ता है अच्छे के लिये होता है अर्थात जे हुन्छ राम्रो कै लागि हुन्छ ।
कुनै गाउँमा एक कुमाले बस्ने गर्थ्यो । उसले बर्षौ देखि माटोका भाँडा बनाएर बेच्ने काम गर्थ्यो । अरु थोक त सबै ठीक ठाक नै चलेको थियो तर एउटा कुराले भने ऊ एकदम असन्तुष्ट थियो । उसले बनाएका भाँडा फुटे भनेर जब कसैले सिकायत गर्थ्यो तब उसलाई साह्रै खिन्न महसुस हुन्थ्यो । उसले मनमनै भन्थ्यो-" मैले बनाएका माटोका भाँडा फुट्दै नफुटे पनि हुने नि ।"
यस्तैमा एक दिन सपनामा उसको भेट साक्षात् भगवानसँग हुन्छ । उसले भगवानलाई भन्छ-" हे प्रभु म चाहन्छु कि मैले बनाएका माटोका भाँडोहरू कहिलै टुट्फुट नहोउन । सधैं जस्ताको तस्तै रहिरहुन ।"
भगवानले "तथास्तु" भनेर बरदान दिन्छन । जब कुमाले बिहान उठेर भाडा बनाउन सुरु गर्यो तब अचम्म भयो कि उसले बनाएका भाँडा नफुट्ने भएछन । उसले मनमनै भगवानलाई धन्यवाद दियो । उसले सबैलाई बतायो कि उसले बनाएका माटोको कुनै पनि भाँडोहरू फुट्दैनन । उसले भाँडाहरू बनाउदै बेच्दै गर्यो । ऊ धेरै खुशी थियो ।
दिनहरू बित्दै जाँदा उसको खुशी लामो समय सम्म टिक्न सकेन किनकी उस्का भाँडोहरू कहिलै नफुटे पछी मानिसहरूले नयाँँ भाँडो किन्नै छोडे । उसको ब्यापार घट्यो । यस्तो स्थिती आयो कि ब्यापार शुन्य भएर परिवार पाल्न समेत गाह्रो हुन थाल्यो । यस्तैमा एक दिन राती फेरि उसले सपनामा भगवानलाई देख्यो । भगवानले सोधे "के भो ? किन दुखी छौ ?" उसले हात जोडेर भन्यो -"माफ गर्नुस् प्रभु मेरा भाँडा नफुट्ने भए पछी मानिसहरूले नयाँ भाँडा किन्नै छोडे । कृपया मेरा भाडाहरू फेरि अघि कै जस्तै फुट्ने किसिमका बनाइदिनुस् , ताकी मैले माटोकै भाँडा बेचेर परिवार चलाऊन सकूँ ।"
माटोको गुण नै फुट्नु हो यसलाई नफुट्ने बनाउन खोज्दा कुमालेलाई नै समस्या पर्यो । ,जब हामी प्राकृतिक नियमको सिध्दान्त बिपरित जान्छौँ तब हामीले नै उल्टै दु:ख पाउँछौ ।चाहिने भन्दा अधिक महत्वाकांक्षा अन्तत: घातक सिद्ध हुन्छ ।
एक पटक रुसी लेखक लियो टोल्स्टयलाई उनका एक साथीले भने, "मैले तिम्रोमा एक साथीलाई कामको लागि पठाएको थिएँ । ऊसँग धेरै प्रमाणपत्रहरु थिए । तर तिमीले उसलाई रोजेनौ । मैले सुनेको छु, तिमीले त्यो पदका लागि जुन व्यक्ति रोजेका छौ, ऊसँग त्यस्तो प्रमाणपत्रहरु थिएनन उसमा कुन गुण थियो, जसका लागि तिमीले यति आत्मीय साथीको सिफारिसको उपेक्षा गर्यौ ?"
टोयल्टाइले हाँस्दै भने, 'साथी जसलाई मैले रोजेका छु, ऊसँग अमुल्य प्रमाणपत्रहरू छन् । उसले मेरो कोठामा आउनुअगाडि अनुमति माग्यो र मलाई अभिबादन गर्यो । भित्र छिर्नुअगाडि खुट्टा ढोकामा राख्यो ताकि बन्द हुँदा ढोकाबाट अचानक ठूलो आवाज नआओस् । उसका लुगा साधारण थिए, तर सफा सुग्गर थिए । उसले बस्नुअगाडि कुर्सी सफा गर्यो । उसको अनुहारमा आत्मविश्वास थियो । उसले नआात्तिकन हरेक प्रश्नको ठीक र सन्तुलित जवाफ पनि दिइरहेको थियो । मेरो प्रश्नको समाप्ति पछि ऊ अनुमति लिएर उठ्यो र चुपचाप गयो । उसले कुनै प्रकारको चाप्लुसी या आफुलाई छान्नको लागि सिफारिस ल्याएको थिएन । यिनै गुण र व्यक्तित्वले गर्दा म प्रभावित भएँ । ऊसँग यी र यस्ता थुप्रै ब्यबहारिक प्रमाण पत्र थिए, जुन धेरै कम मानिससँग हुन्छन् । व्यक्तिमा व्यवहारिक ज्ञान र अनुभव हुनु पर्छ । यस्तो गुण सम्पन्न मानिससँग यदि लिखित प्रमाणपत्र नभए पनि कुनै समस्या हुँदैन । तपाइँ नै भन्नुस, मैले उसको छनोट गरेर ठीक गरेँ वा गलत ?'
टोल्स्टयको जवाफ सुनेपछि साथी निरुत्तर भए ।
हामीहरुले पनि नानीबाबुहरुलाई पढाइको साथसाथै उनीहरुलाई संस्कार पनि सिकाउँ । पहिलो विद्यालय घर हो । पहिलो गुरु अभिभावक हुनुहुन्छ । यानिकी उनीहरुले कहिल्यै कुनै कुराको कारणले पछी पर्नु नपरोस् ।
एक राजाको नाम थियो बिक्रमानन्द । उनले राम्रोसँग आफ्नो राज्य चलाइरहेका थिए तर अचानक उनको राज्यमा शत्रुको बलियो फौजले आक्रमण गर्न सुरु गर्छ । बलियो शत्रु पक्षका अगाडि राजाका थोरै सिपाहीको केही सिप चल्दैन अन्त्यमा राजालाई आफ्नो दरबार छोडेर जङ्गलतिर भाग्नु पर्ने हुन्छ । युद्धमा हारेर निराश भएका राजा जङ्गलको गुफामा सुतिरहेका थिए,उनी शायद आत्महत्या गर्ने योजना बनाउदै थिए होला । यस्तैमा उनले गूफाको भित्तोमा एउटा सानो माकुराले जालो बनाउदै गरेको देखे । माकुरा जालो बनाउँदै थियो तर अचानक ऊ भुइँमा खस्यो । माकुरा फेरि भित्तोमा चढ्यो र जाल बुन्न थाल्यो । राजाले हेरिरहँदा शायद माकुरा १०० चोटि भुइँमा खस्यो होला तैपनि उसले काम गर्न छोडेन र अन्त्यमा आफूले बनाउन आटेको जाल बनाएरै छोड्यो । यसरी माकुराको गतिबिधी नियाली रहेका राजाको मनमा आनौठो जोश भरिएर आउँछ, उनले मनमनै भन्छन-"यार एउटा सानो माकुराले त असफलतालाई यति बहादुरीका साथ फेस गर्न सक्छ भने म त राजा हुँ । मैले किन हिम्मत हार्ने ??"
राजा जुरुक्क उठेर आफ्ना बचेँ खुचेका दुई चार सय सिपाहीलाई लिएर फेरि लड्न जान्छन, यो चोटि पनि उनी पराजित हुन्छन तर यो पाली उनले हिम्मत हार्दैनन् किनकी यो चोटि उनी भित्रै देखि बलियो भएका थिए । अन्त्यमा उनले गुमेको राज्य मात्र होइन आफ्नो राज्यको सिमाना धेरै टाढा टाढा सम्म पुर्याउन सफल हुन्छन ।
कुनै ठाउँमा एक पूजारी बस्ने गर्थ्यो ऊ सारै अल्छि थियो । त्यसैले ऊ दिन भरी चौतारोमा सुतेर बस्नेगर्थ्यो भने साझ बिहान कैसैले केही खानेकुरा दिन्थेकी भनेर गाउलेहरूको घर घर धाउने गर्थ्यो । एक दिनको कुरा हो त्यो पूजारिलाई कसैले एक बाल्टी दुध दिन्छ । दुध पाएर खुशीले गदगद भएको पूजारी छिटो छिटो घरमा आउँछ र त्यो दुधलाई मजाले तताएर दही बनाउनको लागि एउटा माटोको भाडोमा राख्छ ।
त्यो रात जब ऊ सुतिरहेको थियो ऊ आफ्नो कल्पनामा यती मस्त थियो कि उसले मनमनै योजना बनाउदै थियो । यो भाडोको दुध भोलि सम्म जमेर दही बन्छ त्यो दहिबाट मैले घ्यू बनाउछु र त्यसलाई शहरमा लगेर बेच्छु, घ्यू बेचेर आएको पैसाले एउटा कुखुरी किन्छु कुखुरिले अन्डा पार्छे । ती अण्डा कोरलेर जन्मेका अन्य कुखुराले पनि धेरै अण्डा पार्छन धेरै अण्डा बाट धेरै कुखुरा हुन्छन ति कुखुराको म पोल्टी फर्म खोल्छु । पोल्टी फर्म बाट टन्न पैसा कमाउछु । जब टन्न पैसा कमाउछु मैले राम्री स्त्रीसँग बिहे गर्छु । बिहे गरेपछी छोरा जन्मिन्छ । कहिले काही जब त्यो छोरोले कुनै बदमासी गर्छ तब मैले उसलाई यसरी लात्ती हानेर सबक सिकाउछु ।
यती भनेर जब उसले सपनामै के साच्चिकै लात हानेको थियो उसको बेड भन्दा तल जमाउन राखेको दहिको भाडो गर्ल्याम्म लडेर भुइमा गै दुई टुक्रा हुन्छ । तब ऊ झसङ्ग ब्यूझिएर हेर्छ त सबै दुध पोखिएर माटोमा मिलेको छ ।
Moral: मीठो सपना देखेर सपनालाई साकार पार्न अलिकती व्यबहारिक र मिहिनेती हुन जरुरी हुन्छ । दिवा स्वप्न देखेर मात्र सफल होइँदो हो त सबै अल्छिहरू सफल हुन्थे होलान ।
एक चोटि एउटा बिशाल पानी जहाजको इन्जिनमा खराबी आउँछ । सोको मर्मत गर्नको लागि जहाज मालिकले भए जतिका सबै मेकानीकहरूलाई बोलाउँछ तर कसैले पनि त्यसलाई मर्मत गर्न सक्दैनन । अन्त्यमा एउटा यस्तै ७०-७५ बर्षको एक बूढो मेकानिकलाई बोलाइन्छ । त्यो मेकानिक आएर राम्रोसँग जहाजको इन्जिन हेर्छ र आफ्नो पुरानो थोत्रो ब्यागबाट एउटा पेच्किला र ह्यामर निकालेर इन्जिनलाई फिक्स गरिदिन्छ। उक्त मेकानिकले काम गरेको जहाज मालिकले पनि बढो ध्यान दिएर हेरिरहेको थियो । अचम्म, जहाजको इन्जिन त एउटा पेचकिला कँस्दा बित्तिकै बन्यो । आफ्नो जहाजको इन्जिन बनेपछि जहाजको मालिकले उक्त बूढो मेकानिक लाई सोध्छ-" दाई तपाईंको ज्याला कती भो ?" मेकानिकले भन्छ-" १००० डलर ।" "हजार डलर ? के भन्नु भएको ? जाबो एउटा पेच्किला निकालेर कँसेको तपाईं १००० डलर लिने ?" बूडो मेकानिकले भन्छ "पेच्किला निकालेर कँसेको त १ डलर मात्र् हो तर कहाँनिर पेच्किला कँस्ने भनेर पत्ता लगाएको चाँही ९९९ डलर हो ।" मालिकले चुप लागेर उसको ज्याला दिन्छ ।
जङ्गलमा एउटा बाङ्गो रुख थियो,ऊ सधैं आफू बाङ्गो हुनु परेकोमा दु:ख मनाउ गर्ने गर्थ्यो । उसको सधैं एउटै गुनासो हुन्थ्यो कि भगवानले मलाई किन अरु रुखलाई जस्तो सर्लक्क सिधा र चिल्लो बनाएनन होला । मलाई नै किन यस्तो कुरुप बनाए होला ।
यस्तैमा एक दिन जङलमा एक दाउरे आउँछ । उसले आफ्नो बन्चरोमा धार लगाउदै भन्छ-" मेरो नयाँ घर बनाउनु छ, त्यसको लागि यो बाङ्गो रुख बाहेक अरु सबै रुख काटेर लैजानु पर्यो । आफू बाङ्गो भएकाले नै आफू काटिनबाट जोगिएकोमा पहिलो चोटि उसले परमेश्वरलाई धन्यवाद दियो ।
मित्रहरू तपाईं जस्तो हुनुहुन्छ त्यसमा खुशी हुनुस्, इश्वर प्रती कृतज्ञ हुनुस् किनकी हरेक सृस्टिको पछाडि बलियो कारण लुकेको हुन्छ ।
प्रयाश गर्ने हो भने, म चाँही कसो केही बन्न नसकुला र ?
- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
- सानैमा चोरी गर्दै हिड्ने विकाशानन्द धार्मिक गुरू बने ।
- साग बेच्दै हिड्ने थोमस एडिसन वैज्ञानिक बने ।
- सात कक्षा फेल रामकृष्ण ढकाल चर्चीत गायक बने ।
- भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
- चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
- दुई सय रूपिया बोकि निस्केका पुष्कर शाहले विश्व घुमे ।
- कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने ।
- कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसवुकका मालिक बने ।
- सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवी बने ।
- लहै लहैमा गित गाउदा गाउदै अमृत गुरूङ नामी गायक बने ।
- लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
- मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरूख खान किङ खान बने ।
- घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
- पेट्रोल पम्पमा काम गर्ने धिरूभाई अम्बानी भारतकै धनाढ्य बने ।
- खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन ।
- अन्धो हुदाँहुदै होमरले इलियड र ओडेसी जस्ता महाकाव्य लेखे ।
- कुँजो स्टिफन
Comments
Post a Comment