के वास्तविक सुख धनमा छ त?

वास्तविक धनी र सम्पन्नताको अर्थ

________________________


मानव सभ्यताको इतिहासमा धन र सम्पत्ति सधैँ प्रधान महत्त्वको विषयको रूपमा रहिआएको छ। भौतिक जीवनका आवश्यकता पूरा गर्न द्रव्य अपरिहार्य छ तर मानिसले सम्पत्तिलाई आफ्नो अस्तित्वको आधार ठान्न थालेपछि यसको सही अर्थ बिर्संदै गएको यथार्थ  पनि उत्तिकै सत्य सावित भइरहेको छ । धन र सम्पत्तिको महत्त्व जीवनका आवश्यकताहरू पूरा गर्न नितान्त आवश्यक छ। तर जब मानिसले भौतिक वस्तुलाई आफ्नो अस्तित्वको मापन मान्न थाल्छ, तब वास्तविक धनीपनको अर्थ बिर्सन पुग्दछ। वास्तविक धनी को हो? के सम्पन्नता केवल बाहिरी वस्तुमा निर्भर छ? सम्पन्नता के हो? यी प्रश्नको उत्तर खोज्दा भौतिक र आध्यात्मिक मूल्यहरूको तुलना अनिवार्य हुन्छ। मानिसले भौतिक तथ्य भन्दा माथि उठेर आत्मिक सत्यतिर दृष्टि लगाउनु उत्तिकै आवश्यक छ।


सामान्यतः भौतिक धनको परिभाषा घर, गरगहना, गाडी, बैंक खाता र बाहिरी सुखसुविधासँग जोडिन्छ। यस्ता वस्तुहरूले शरीरको तृष्णा त मेट्न सक्छन् तर आत्मा सन्तुष्टिको भोक प्यास मेट्न सक्दैन, सधैँ अधूरो रहन्छ। ओछ्यानले निद्रा ल्याउँदैन। खाना धेरै खाएर पनि भोक प्यास मेटिएको आनन्द पाइँदैन। पुस्तकले ज्ञानको ढोका त खोल्छ तर ज्ञानको अनुभव गराउन सक्दैन । सन्तुष्टि आत्मिक गहिराइमा मात्र सम्भव छ।


धनी बन्ने होडमा मानिस भौतिक सम्पत्ति जम्मा गर्छ तर आफ्नो मनको शान्ति गुमाउँदै जान्छ। साँचो सम्पन्नता बाहिरी वस्तुमा होइन मनको सन्तोष र आत्मिक आनन्दमा हुन्छ। जसको मनमा सन्तोष छ, त्यो नै धनी हो। जसले आफ्नो सारा समय धनको खोजीमा खर्च गर्छ, उ जीवनको वास्तविक आनन्दबाट वञ्चित रहन्छ।


साँचो धनी त्यो व्यक्ति हो जसले आफ्नो मनमा शान्ति पाएको छ। जसले आफ्नो आवश्यकता पूरा गरेपछि बाँकी द्रव्य अरूलाई बाँड्न सक्छ। प्रेम, करुणा र सहानुभूति बाँड्न सक्नु नै साँचो सम्पन्नता हो। धन कमाएर आफूलाई मात्रै सम्पन्न बनाउन चाहने व्यक्ति स्वार्थी हुन्छ। यो स्वार्थ अन्ततः अशान्तिको कारण बन्न पुग्दछ।


भौतिक धन सीमित र क्षणिक छ। समय र परिस्थितिले यसलाई नष्ट गर्न सक्छ। धनको असीमित खोजीले मानिसलाई असन्तुष्टि र अशान्तिको जालोमा फसाउदछ। 


भौतिक धन क्षणभङ्गुर छ। यो परिस्थितिको सिकार हुन्छ। आजको धनी भोलि गरिब हुन सक्छ। तर आत्मिक सम्पत्ति सत्य, प्रेम, ज्ञान र साधनाले सञ्चित भएको सम्पदा र सम्पत्ति कहिल्यै नाश हुँदैन।


धनका थुप्राहरू बीच पनि असन्तुष्ट मानिस गरिब नै हो। वास्तविक सम्पन्नता भनेको आत्मसन्तोष र सन्तुलित जीवनशैली हो।


धनको सही अर्थ आत्मिक उन्नतिमा लुकेको छ। जसले आफ्नो हृदयमा सत्य, करुणा र प्रेम सञ्चित गर्छ, त्यो नै वास्तविक धनी हो। साधकको दृष्टिमा भौतिक सम्पत्ति बाह्य भ्रम हो, जसले मानिसलाई अन्धो बनाउँछ। आध्यात्मिक धनले व्यक्ति लाई अन्तसकरण बाट नै उज्यालो देखाउछ।


जीवनको वास्तविक सार बाहिरी वस्तुमा होइन भित्रको आनन्दमा लुकेको छ। साँचो सम्पन्नता आत्मिक जागरणमा हुन्छ। भौतिक धनले शरीरलाई सुख दिन सक्छ तर आत्मालाई सन्तोष दिन सक्दैन। ज्ञान, प्रेम, सत्य र करुणा नै वास्तविक सम्पत्ति हुन्। यी सम्पत्तिहरूले मात्र मानिसलाई साँचो अर्थमा धनी र सम्पन्न बनाउँछन्।


साँचो धन भनेको आत्मसन्तोष र आत्मज्ञान हो। ज्ञान त्यो सम्पत्ति हो जसले बाहिरी संसारमा होइन भित्रको संसारलाई प्रकाशित गराउदछ। भौतिक वस्तुहरूले केवल बाह्य साजसज्जा गराउछ तर ज्ञानले मनलाई परिष्कृत र हृदयलाई निर्मल बनाउँछ।


वास्तविक सम्पन्नता भनेको बाहिरबाट होइन भित्रबाट सम्पन्न हुनु हो। जसले आफ्नो मनलाई जितेको छ, जसले आफ्नो तृष्णालाई नियन्त्रणमा लिएको छ, ऊ नै वास्तविक सम्पन्न हो। भौतिक सम्पन्नता देखिने हुन्छ भने आध्यात्मिक सम्पन्नता अनुभवजन्य हुन्छ।वास्तविक सम्पन्नता भनेको त्यो हो जहाँ मानिसको आत्मा स्वतन्त्र हुन्छ, उसले जीवनको सत्य बुझेको हुन्छ। साँचो धनी त्यो हो जो आफूले पाएकोमा सन्तुष्ट रहन्छ र अरूलाई बाँड्न तयार हुन्छ।


जीवनको वास्तविक सार बाहिरी वस्तुमा होइन भित्रको आनन्दमा लुकेको छ। साँचो सम्पन्नता आत्मिक जागरणमा हुन्छ। भौतिक धनले शरीरलाई सुख दिन सक्छ तर आत्मालाई सन्तोष दिन सक्दैन। ज्ञान, प्रेम, सत्य र करुणा नै वास्तविक सम्पत्ति हुन्। यी सम्पत्तिहरूले मात्र मानिसलाई साँचो अर्थमा धनी र सम्पन्न बनाउँछन्।


साँचो सम्पन्नता बाहिरी वस्तुहरूको थुप्रोमा होइन, आत्मिक आनन्द र शान्तिमा हुन्छ। जसको मनमा सन्तोष, सहनशीलता र प्रेम छ, ऊ नै संसारको सबैभन्दा धनी व्यक्ति हो । धनको सही प्रयोग भनेको सेवा हो। सम्पत्तिको वास्तविक अर्थ भनेको परोपकार र सन्तुलन हो।धनी व्यक्ति त्यो होइन जससँग धेरै धन छ। धनी व्यक्ति त्यो हो जसले थोरैमा पनि सन्तुष्टि पाउँछ र अरूलाई दिनसक्ने हृदय धारण गर्दछ ।


धन कमाउनु नराम्रो होइन तर धनलाई आफ्नो स्वामी बनाउनु मूर्खता हो। वास्तविक धनी त्यो व्यक्ति हो जसले धनलाई आफ्नो सेवक बनाउँछ र आत्मिक सुखलाई आफ्नो लक्ष्य बनाउँछ।साँचो सम्पन्नता बाहिरी संसारको चमक-धमकमा होइन, आत्मा र हृदयमा बास गर्छ। यसर्थ, साँचो सम्पन्नता भनेको आत्मा र हृदयको समृद्धि हो। जसले बाहिरी संसारलाई जित्नुभन्दा पहिले आफूलाई जित्न सक्छ, त्यसले नै वास्तविक धनी र सम्पन्नताको अर्थ बुझेको हुन्छ।


आध्यात्मिक धन असीमित र अविनाशी छ। यो धन न त समयले चुँड्न सक्छ, न त परिस्थितिले हराउन सक्छ। भौतिक धनले शरीर त सन्तुष्ट हुन्छ तर आत्मा भोकै रहन्छ। आत्मिक उन्नति मात्रले मानिसलाई भित्रबाट सम्पन्न बनाउँछ। साँचो सम्पन्नता बाहिरी वस्तुहरूको थुप्रोमा होइन, आत्मिक आनन्द र शान्तिमा हुन्छ। आध्यात्मिक सम्पन्नतानै अमर सम्पत्ति हो, जसको मनमा सन्तोष, सहनशीलता र प्रेम छ, त्यो नै संसारको सबैभन्दा धनी व्यक्ति हो।


जय अघोर! श्मशानेश्वर अघोरि बाबा 

Comments

Popular posts from this blog

Sanskrit joke

100 Sanskrit verbs क्रियापदानि ।