Posts

Showing posts from December, 2024

जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व

जीवनमा समय, संस्कार र सम्बन्धको महत्त्व ____________________________ समयसँगै जीवनका धेरै कुरा परिवर्तन हुन्छन्। प्रारम्भमा बाहिरी सौन्दर्यले आकर्षण गर्न सक्छ, तर समयको प्रभावले त्यो सौन्दर्य मन्द हुँदै जान्छ। तर, मर्यादा र संस्कार भने कहिल्यै मन्द हुँदैन। मानिसको सच्चा पहिचान उसको व्यवहार र संस्कारले निर्धारण गर्छ। जीवनमा धन र प्रसिद्धिको कुनै स्थायित्व हुँदैन। ठूला नोट र ठूला मानिसहरू जतिवेला पनि बदलिन सक्छन्। तर, साना नोटजस्तै साना र सच्चा सम्बन्धहरूलाई बलियो बनाएर राख्न सके, तिनले जीवनलाई स्थिरता दिन्छन्। वोधगम्य महत्वपूर्ण तथ्य यो हो की जे सही छ, त्यो सधैं लोकप्रिय हुँदैन र जुन लोकप्रिय छ, त्यो सधैं सही हुँदैन। कर्म जीवनको सत्य हो। जसरी गरिएको कर्मको फल अवश्य प्राप्त हुन्छ, त्यसरी नै गरिएको धोखाको मूल्य पनि तिर्नैपर्छ। यसैले हाम्रो कर्म सधैं सत्य र निष्ठाले भरिएको हुनुपर्छ। साँचो मार्ग कहिलेकाहीँ कठिन र अलोकप्रिय लाग्न सक्छ, तर त्यो मार्ग अन्ततः सही र न्यायपूर्ण हुन्छ। जीवनमा परमात्माप्रतिको विश्वासले साहस, बल र आत्मज्ञान प्रदान गर्छ। यसले सृष्टिका सबै अंगहरूमा एकता र शान्तिको अनुभ...

के वास्तविक सुख धनमा छ त?

वास्तविक धनी र सम्पन्नताको अर्थ ________________________ मानव सभ्यताको इतिहासमा धन र सम्पत्ति सधैँ प्रधान महत्त्वको विषयको रूपमा रहिआएको छ। भौतिक जीवनका आवश्यकता पूरा गर्न द्रव्य अपरिहार्य छ तर मानिसले सम्पत्तिलाई आफ्नो अस्तित्वको आधार ठान्न थालेपछि यसको सही अर्थ बिर्संदै गएको यथार्थ  पनि उत्तिकै सत्य सावित भइरहेको छ । धन र सम्पत्तिको महत्त्व जीवनका आवश्यकताहरू पूरा गर्न नितान्त आवश्यक छ। तर जब मानिसले भौतिक वस्तुलाई आफ्नो अस्तित्वको मापन मान्न थाल्छ, तब वास्तविक धनीपनको अर्थ बिर्सन पुग्दछ। वास्तविक धनी को हो? के सम्पन्नता केवल बाहिरी वस्तुमा निर्भर छ? सम्पन्नता के हो? यी प्रश्नको उत्तर खोज्दा भौतिक र आध्यात्मिक मूल्यहरूको तुलना अनिवार्य हुन्छ। मानिसले भौतिक तथ्य भन्दा माथि उठेर आत्मिक सत्यतिर दृष्टि लगाउनु उत्तिकै आवश्यक छ। सामान्यतः भौतिक धनको परिभाषा घर, गरगहना, गाडी, बैंक खाता र बाहिरी सुखसुविधासँग जोडिन्छ। यस्ता वस्तुहरूले शरीरको तृष्णा त मेट्न सक्छन् तर आत्मा सन्तुष्टिको भोक प्यास मेट्न सक्दैन, सधैँ अधूरो रहन्छ। ओछ्यानले निद्रा ल्याउँदैन। खाना धेरै खाएर पनि भोक प्यास मेटिएको ...