Motivational story in Nepali part 3

 एक शहरमा यौटी एकल महिला बस्ने गर्थिन बुढेसकाल सँगै उनको आँखाको ज्योति कम हुँदै जान्छ । एउटा यस्तो स्थिती आउछ जुन बेला उनले पटक्कै देख्न छोड्छिन । एक दिन उनले एक डाक्टरलाई आफ्नो घरमा बोलाएर भन्छिन कि यदी डाक्टरले ऊनको आँखा को ज्योति ठीक पारीदिएमा उनले धेरै पैसा तिर्नेछिन । ती बूढि महिलाको प्रस्तावमा डाक्टर पनि सहमत हुन्छन । डाक्टर दिनदिनै बुढीआमाको घरमा आउँदा आउँदा त्यहाँ रहेका बहुमुल्य गहना र फर्निचरहरू देखेर लोभिन्छन । त्यती मात्र होइन अब त उनले दिन दिनै गहना तथा फर्निचरहरू बिस्तारै बूढि आमाको घरबाट लैजान थाले । जब सम्पूर्ण उपचार पछी ती बूढि आमाको आँखाको ज्योति ठीक हुन्छ तब उनले आफ्नो घरमा हेर्छिन त कुनै पनि गहना र बहुमूल्य फर्निचरहरू छैनन ।

 एक दिन त्यो डाक्टरले आफ्नो फीस माग्छन,फिस अली महङ्गो नै थियो । त्यस माथि आफ्नो सामान पनि उसले चोरेको हुनाले  बूढि आमाले डाक्टरको फिस दिन अस्वीकार गर्छिन । उनिहरूको बिबाद अदालत सम्म पुग्छ । त्यहाको न्याधिशले सोध्छन-"तपाईंले उपचार गरे पछी किन फिस नतिर्नु भएको ?"

 तब ती बूढि आमाले भन्छिन -"मैले सबै कुरा देख्छु तर घरमा रहेका फर्निचर र गहना अझै देख्न सक्दिन यसैले त्यो ठीक नभए सम्म डाक्टरको फिस दिन सक्दिन ।" न्यायधिसले डाक्टरको अपराध पता लगाउछन र महिलाको पक्षमा फैसला गर्छन् ।

Moral:जस्तालाई तस्तै ,इट्टाको जवाफ पथ्थरले ।



प्रेमका सम्बन्धमा कुनै बेला बब मार्लीले यसो भनेका थिए,सुनौँ उनका कुरा :

तिमी उनका लागि पहिलो नहुन सक्छौ,अन्तिम पनि नहुन सक्छौ र केवल एक मात्र पनि नहौला 

उनले पहिलै माया गाँसेकी हुन सक्छिन र पछी पनि माया लाउन सक्छिन 

तर यदी उनले अहिले माया गर्छिन भने अरु कुराले के फरक पार्छ र ?

उनी पर्फेक्ट छैनन,न तिमी नै छौ । नत तिमीहरू दुबै मिलेर पर्फेक्ट हुन सक्नेछौ । 

तर यदी उनले तिमीलाई एक पटक मात्रै पनि हँसाउन सफल भइन भने यो निश्चित छ कि तिमीले अवश्य दुई पटक सोच्नेछौ । 

यदी उनले मानव हुनुको नाताले आफूले भूल गरेको स्वीकार गर्छिन भने किन तिमीले उनलाई त्याग्न खोज्छौ ?

उनले तिम्रा लागि कविता नगाउन सक्छिन 

नत तिमीलाई हरपल हरक्षण सम्झिएरै मात्र बस्ने छिन् 

तथापी यदी उनले तिमीले एक दिन दिल तोड्ने छौ भन्ने जान्दा जान्दै पनि हिम्मत गरेर आफ्नै दिलको कुनामा तिमीलाई सजाएर राख्छिन भने 

बिन्ती छ प्लिज उनलाई धोका नदेऊ 

उनको दिल नदुखाऊ 

उनले दिन सक्ने भन्दा ज्यादा कुराको आशा नगर 

ठीक छ, हाँस जुन बेला तिमीलाई हाँस्न मन छ 

चिच्याउ, मज्जाले झर्किऊ जुन बेला तिमीलाई रिस उठेको छ 

र यी सबैलाई बिर्सिदेऊ एकै छिनमा । 

माया गर्ने अवसर आउँदा मज्जाले माया गर 

किनकी दुनियाँमा कुनै पनि स्त्री/पुरुष पर्फेक्ट छैनन तर पक्कै पनि एक जना अवश्य छ जो तपाईंका लागि पर्फेक्ट होस् ।


(२ मिनेट लाग्छ सबैले पढ्नु होला । )...

....

एक दिन थोमस एल्बा एडिसन आफ्नो प्राइमरी स्कुलबाट घर आउछन र आफ्नी आमालाई एउटा चिट्ठी दिदै भन्छन । "आमा.. आमा, यो चिट्ठी मेरो मास्टरले तपाईंलाई दिन भन्नु भएको छ, ल लिनुस् ।" जब एडिसनकी आमाले उक्त पत्र खोलिन तब अनायासै उनका आँखाहरू रसाउन थाले । आफ्नी रोइरहेकी आमालाई देखेर एडिसनले सोधे- "आमा किन रुनु भएको तपाईं ? चिट्ठीमा के लेखेको छ र ?" उनले झट्पट आफ्ना आँखाका डिल पुछिन र भनिन-" केही होइन छोरा, केही होइन.. चिट्ठीमा लेखिएको छ कि तपाईंको छोरा धेरै प्रतिभाशाली छ । हाम्रो स्कुल निम्न स्तरको भएकोले उसलाई हामीले पढाउन सक्दैनौ कृपया तपाईंको छोरोलाई घरमा नै शिक्षा दिनुहोला ।"

यो घटना पछी उनले आफ्नो छोरालाई आँफैले घरमा पढाउन थालिन । केही बर्ष पछी अचानक एक दिन एडिसनकी आमाको निधन हुन्छ । यसरी आमाको मृत्यु भएको पनि धेरै बर्ष भएका थिए,आफ्ना महानतम आबिस्कारहरुले एडिसन विश्वको प्रख्यात बैज्ञानिक भैसकेका थिए ।यसै बीचमा एक दिन जब उनले एउटा पुरानो बाकस भेटे । कौतुहलताबश उनले बाकसभित्रका सामान नियाल्दै गर्दा एउटा त्यही पुरानो चिट्ठी भेट्टाउछन जसमा लेखिएको थियो " तपाइको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ , यसले गरीखान सक्दैन , यसलाई स्कुलमा पढाउनु नपढाउनु कुनै अर्थ नभएकोले आजैका मितिदेखी यो स्कुलबाट निकालिएको छ र फेरि फेरि उसलाई स्कुल नपठाउनुहोला , "

एडीसन त हेरेको हेरै भए र निकै बेर रोए पनि ।

फेरि आफ्नो डायरी मा लेखे ,

" एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो बच्चालाई युगौयुगसम्म विश्वकै महान वैज्ञानिक बन्ने हौसला दिइन । "

Moral: बाबा आमाको हौसला र असल संस्कार नै सन्तानको सफलताको आधार हो । खेलौना दिनु भएन भने तपाईंको बच्चा एक छिन् मात्र रुनेछ,असल संस्कार नपाएको बच्चालाई जीन्दगीभरि रुनु पर्नेछ ।



एक धोबीले आफ्नो घरमा गधा पालेर राखेको थियो । तर गधा बिस्तारै बूढो र कमजोर बन्दै गैरहेको थियो । एक दिनको कुरा हो गधा मैदानमा चरिरहेको बेला अचानक एक खाल्डोमा खस्न पुग्छ । आफ्नो गधा खाल्डोमा खसेको देखेपछी धोबिले उसलाई बाहिर निकाल्ने प्रयास गर्छ तर खाडल धेरै नै गहिरो भएको हुनाले उसको प्रयास ब्यर्थ हुन्छ । अनि एक छिन् पछी धोबीको मनमा पाप पलाउन थाल्छ । धोबिले मनमनै भन्छ:"आखिर गधा बुढो पनि भएको छ , भारी बोक्न पनि सक्दैन । बरु यसलाई खाडलबाट निकाल्नुभन्दा , खाडलमा खसेको छदैछ , यसलाई माथिबाट माटो खानेर पुरिदिनुपर्यो अनी त मेरो झन्झटै साफ... ।"

 धोबिले घरबाट आफ्नो छोराछोरी , श्रीमती सबैलाई बोलाएर जोडतोडका साथ मैदानको माटो खानेर खाडल भित्र मिल्क्याउन थाल्छन । झन्डै दुई घण्टा एकनासले माटो खानेर खाडलमा फ्याकेपछी अब त गधा पुरियो होला भनेर यसो धोबिले खाडल भित्र हेर्छ त गधा खाडलभित्रबाट बुरुक्क उफ्रिएर बाहिर जमिनमा आउँछ । गधालाई आफ्नो अगाडि जिउदै उभिएको देखेर धोबीको परिवार जिल्ल पर्छ । भएको के रहेछ भने जब बाहिरबाट धोबिका परिवारले खाडल भित्र माटो मिल्क्याउदथे , गधाले आफ्नो पिठ्यूमा थुप्रिएको माटो जीऊ हल्लाएर भुइमा खसाइदिन्थ्यो र त्यही भुइमा खसेको माटोमा आफ्ना पाइला राख्ने गर्थ्यो । आफ्नो जीऊमाथि फ्याँकिएका प्रतेक माटोका थुप्रोहरुलाई भुइमाखसालेर तीनै थुप्रोमाथि टेकेको हुनाले गधाको उचाइ बढ्न गएको रहेछ र मर्यो भनेर ठानिएको गधा जिउदै बाहिर आउन सकेको रहेछ । 

मोरल : तिमीलाई जीवनमा जती पनि उपेक्षा,आलोचना र धोकाहरु मिल्छन ति सबैलाई कुल्चेर अगाडि बढ । त्यसले नै तिमीलाई सफल बनाउने छ , त्यसले नै तिम्रो उचाइ बढाउने छ ।



एक चोटि एउटा बिशाल पानी जहाजको इन्जिनमा खराबी आउँछ । सोको मर्मत गर्नको लागि जहाज मालिकले भए जतिका सबै मेकानीकहरूलाई बोलाउँछ तर कसैले पनि त्यसलाई मर्मत गर्न सक्दैनन । अन्त्यमा एउटा यस्तै ७०-७५ बर्षको एक बूढो मेकानिकलाई बोलाइन्छ । त्यो मेकानिक आएर राम्रोसँग जहाजको इन्जिन हेर्छ र आफ्नो पुरानो थोत्रो ब्यागबाट एउटा पेच्किला र ह्यामर निकालेर इन्जिनलाई फिक्स गरिदिन्छ।  उक्त मेकानिकले काम गरेको जहाज मालिकले पनि बढो ध्यान दिएर हेरिरहेको थियो । अचम्म, जहाजको इन्जिन त एउटा पेचकिला कँस्दा बित्तिकै बन्यो । आफ्नो जहाजको इन्जिन बनेपछि  जहाजको मालिकले उक्त बूढो मेकानिक लाई सोध्छ-" दाई तपाईंको ज्याला कती भो ?" मेकानिकले भन्छ-" १००० डलर ।" "हजार डलर ? के भन्नु भएको ? जाबो एउटा पेच्किला निकालेर कँसेको तपाईं १००० डलर लिने ?" बूडो मेकानिकले भन्छ "पेच्किला निकालेर कँसेको त  १ डलर मात्र् हो तर कहाँनिर पेच्किला कँस्ने भनेर पत्ता लगाएको चाँही ९९९ डलर हो ।" मालिकले चुप लागेर उसको ज्याला दिन्छ ।


बलले होइन बुद्धिले काम चलाउनु पर्छ भन्ने कुरा हामीले बिरबल बाट भन्दा बढी अरु को सँग बाट सिक्न सक्छौ होला ?? पक्कै पनि बिरबलको चातुर्यताको सामु अकबर जस्ता शासक पनि नतमस्तक थिए । एक पटकको कुरा हो बिरबल साँझको बेला आफ्नो आगनमा केही काम गरिरहेका थिए । त्यत्तिकैमा उनले चाल् पाउँछन कि उनको घरमा चोरी गर्नको लागि केही चोरहरू आएर घर छेउको झाडिमा लुकिरहेका छन । चोरहरू भन्ने थाहा पाएर पनि उनले तिनिहरूलाई लखेट्दैनन । किन थाहा छ ? किनकी बिरबल यती चतुर थिए कि उनी आफूलाई ठग्न आएकालाई पनि उल्टै ठगेर पठाइदिन्थे । 

त्यो साँझ उनी आफ्नी श्रीमती सँग चर्को स्वरमा भन्न थाले –“बूढी… बूढी.. हाम्रो टोलमा चोरहरू पस्ने हल्ला छ तर चोरहरूबाट हाम्रा पैसा र गरगहना कसरी लुकाउने थाहा छ ?” बूढीले सोधिन –“कसरी लुकाउने बूढा ?” बिरबलले भने –“चिन्तै नमान बूढी अब मैले हाम्रो घरमा भए भरको धनमाल बाकसमा लुकाएर घर पछाडिको इनारमा लगेर खसाइदिन्छु । अनि त बिचरा चोरहरूले घरमा लैजानका लागि केही चिज नभेटेर रित्तै फर्किने छन ।“

 मित्रहरू, यो सबै कुरा झाडिमा बसेका चोरहरूले सुनिरहेका थिए । उनिहरू बिरबलको गोप्य कुरा थाहा पाएकोमा मख्ख थिए । जब रात पर्यो ती चोरहरू बिरबलले भने बमोजिम त्यो इनारमा गए जुन इनारमा बिरबलले गरगहनाको बाकस लुकाउने भनेका थिए । पुर्णिमाको रात थियो इनारको तल पट्टी बाकस टल्किरहेको थियो । बाकस निकाल्ने कसरी त ?? इनारको पानी बाहिर फाल्नु बाहेक उनिहरू सँग कुनै बिकल्प थिएन । चोरहरूले रातभर बाल्टिनका बाल्टिन इनारबाट पानी उभाउँदै बाहिर फाल्दै, पानी उभाउँदै बाहिर फाल्दै गरे । जति पानी फाले पनि उनिहरू बाकस सम्म पुग्न सकेका थिएनन , उनिहरू थाकेर लखतरान भएका थिए । 

जब उनिहरूले इनारको सबै पानी बाहिर फ्याकेँ तब उनिहरू बाकस सम्म पुगे । धन पैसा र गरगहनाले भरिएको उक्त बाकस बोकेर चोरहरू बिहानिपख जङ्गलतिर कुलेलम ठोके । जङलको बीचमा पुगेर बाकस खोलेर हेर्छन त त्यो बाकसमा कुनै सुन चाँदी थिएन बरु त्यो बाकस त पुरै इट्टा र ढुङ्गाहरूले भरिएको थियो । उता बिरबल भने पैसा नै नतिरिकन इनारबाट पानी निकालेर आफ्नो खेत सिंचाइ भएकोमा हर्षले गद्गद भएका थिए । यसरी चतुर बिरबलको फेला परेका चोरहरू उल्टै ठगिएर फर्किनु पर्यो ।



एउटा सुन्दर तलाऊ नजिकै एउटा मयुर बस्ने गर्थ्यो । मयुर सुन्दर थियो तर उसलाई आफ्नो रुपको ज्यादै नै घमण्ड थियो । ऊ बिहान उठ्ने बित्तिकै तलाऊको डिलमा जान्थ्यो र आफ्नो रुपको बखान गर्दै खुशीले नाच्ने गर्थ्यो ।

 एक दिनको कुरा हो मयुरलाई आफ्नो रुपको बखान "कोसँग गरौ ? कोसँग गरौ?" जस्तो भयो । ऊ कागको नजिक गएर भन्यो :"छि काग, तिमी त कति नराम्रो ? तिम्रा प्वाँख पनि कति काला ? मलाई हेर न , म कति राम्रो छु, मेरा प्वाँख हेर कति राम्रा छन ? पंक्षी भनेको त म जस्तो पो हुनुपर्छ त ।"

  घमण्डी मयुरको कुरा सुनेर कागले भन्छ "हो मयुर, तिम्रो जस्ता राम्रा प्वाँख र पखेटा मेरा छैनन तर हेर त मेरा पखेटाको मद्दतले म माथि माथि आकाशमा उडान भर्न सक्छु । शत्रुले आक्रमण गर्ने बित्तिकै म भाग्न सक्छु । के तिम्रा प्वाँख र पखेटाले तिम्लाई मलाई जस्तो उचाइ,उडान र सुरक्षा  दिन सक्छन ??" 

मयुर केही बोल्न सकेन । तब कागले अङ्रेजीमा भन्यो-" It is better to be useful than to be beautiful" अर्थात सुन्दर हुनुभन्दा उपयोगी हुनु श्रेयष्कर हुन्छ । 

यस्तैमा आफूलाई बहुत सुन्दर छु भनेर घमण्ड गर्ने मयुरलाई शिकारीले बन्दुक हान्यो, सधैं जुन रुपको बारेमा मयुरले घमण्ड गर्थ्यो त्यो रुप नै आज उसको मृत्युको कारण बन्न पुग्यो ।


एउटा कुवा थियो त्यो कुवामा भ्यागुताहरूको समूह खुशी साथ बसिरहेको थियो । एक दिन को कुरा हो त्यो कुवामा रहेका २ भ्यागुताको बिचमा भनाभन हुन्छ । ती दुई भ्यागुतालाई सम्झाइ बुझाई गरेर झगडा मिलाउनु को सट्टा सिङो कुवा भरिका भ्यागुता २ समूहमा बाँडिन्छन । जब त्यहाँ  २ गुट  बने तब ती समूह बीच घमासान लडाईं हुन्छ । सधैं झगडा हुन थाले पछी ती मध्येका एक समुहका लिडरहरू कुवा बाहिर आउँछन र आफ्नो शत्रुलाई सिध्याउने योजना बनाउँछन । योजना अनुसार बाहिर बाट कालो सर्प लाई कुवा भित्र लैजाने र शत्रु पक्षका भ्यागुतालाई खान लगाउने । उनिहरू खुशी साथ कालो सर्प कहाँ गए र सबै कुरा सुनाए । सित्तैमा काम नै नगरि शिकार खान पाए पछी सर्प न आउने त कुरै छैन । सर्प अब कुवामा बस्न थाल्यो र सहमति अनुसार सत्रु पक्षका भ्यागुताहरू खान थाल्यो । दिन दिनै एक एक भ्यागुता खाँदा खाँदै यस्तो दिन आउँछ कि शत्रु पक्ष का सबै भ्यागुता सकिन्छन । आफ्नो शत्रु सकिए पछी सर्पलाई बोलाउने भ्यागुताको समूहका नाइकेले सर्पलाई सहमति अनुसार  अब कुवा छोडेर बाहिर जान आग्रह गर्छन् तर अचम्म सर्पले त कुरा सुनेको नसुनै गर्छ किनकी उसलाई त काम नै नगरी खान मिलिरहेको थियो । सत्रु पक्ष सकिए पछी सर्पले दिस्रो पक्षका भ्यागुता खान थाल्यो । सर्पले कुवा तब सम्म छोडेन जब सम्म कुवा भित्रका सबै भ्यागुता खाएर सकिएनन । Moral:यसर्थ जब हामी आपसमा लड्छौ र आफ्नैलाई धोका दिन्छौ तब अन्तिममा धोका हामी  आँफैलाई हुन्छ ।



एक शहरमा यौटी एकल महिला बस्ने गर्थिन बुढेसकाल सँगै उनको आँखाको ज्योति कम हुँदै जान्छ । एउटा यस्तो स्थिती आउछ जुन बेला उनले पटक्कै देख्न छोड्छिन । एक दिन उनले एक डाक्टरलाई आफ्नो घरमा बोलाएर भन्छिन कि यदी डाक्टरले ऊनको आँखा को ज्योति ठीक पारीदिएमा उनले धेरै पैसा तिर्नेछिन । ती बूढि महिलाको प्रस्तावमा डाक्टर पनि सहमत हुन्छन । डाक्टर दिनदिनै बुढीआमाको घरमा आउँदा आउँदा त्यहाँ रहेका बहुमुल्य गहना र फर्निचरहरू देखेर लोभिन्छन । त्यती मात्र होइन अब त उनले दिन दिनै गहना तथा फर्निचरहरू बिस्तारै बूढि आमाको घरबाट लैजान थाले । जब सम्पूर्ण उपचार पछी ती बूढि आमाको आँखाको ज्योति ठीक हुन्छ तब उनले आफ्नो घरमा हेर्छिन त कुनै पनि गहना र बहुमूल्य फर्निचरहरू छैनन ।

 एक दिन त्यो डाक्टरले आफ्नो फीस माग्छन,फिस अली महङ्गो नै थियो । त्यस माथि आफ्नो सामान पनि उसले चोरेको हुनाले  बूढि आमाले डाक्टरको फिस दिन अस्वीकार गर्छिन । उनिहरूको बिबाद अदालत सम्म पुग्छ । त्यहाको न्याधिशले सोध्छन-"तपाईंले उपचार गरे पछी किन फिस नतिर्नु भएको ?"

 तब ती बूढि आमाले भन्छिन -"मैले सबै कुरा देख्छु तर घरमा रहेका फर्निचर र गहना अझै देख्न सक्दिन यसैले त्यो ठीक नभए सम्म डाक्टरको फिस दिन सक्दिन ।" न्यायधिसले डाक्टरको अपराध पता लगाउछन र महिलाको पक्षमा फैसला गर्छन् ।

Moral:जस्तालाई तस्तै ,इट्टाको जवाफ पथ्थरले ।



Comments

Post a Comment

Popular posts from this blog

Sanskrit joke

100 Sanskrit verbs क्रियापदानि ।